AnonymousUser

Logout

इमरान खान दम्पतीको सजाय उच्च अदालतबाट निलम्बित

इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।

अरविन्द केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने

नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

टर्कीको स्थानीय चुनावमा विपक्षीको जित, राष्ट्रपति एर्दोगानलाई ठूलो झट्का

राष्ट्रपति बनेपछि देशका मुख्य मुख्य शहरमा आफ्नो पार्टीका उम्मेदवारलाई मेयरमा विजयी गराउने एर्दोगानको सपना पूरा हुन पाएन।

गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको हो। वार्ता इजिप्टको कायरोमा आइतबार शुरू हुँदैछ। 

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपतिको घरमा छापा

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

युक्रेनी ऊर्जा केन्द्रलक्षित रुसी आक्रमणमा १ जनाको मृत्यु, विद्युत् आपूर्ति प्रभावित

युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई लक्षित गरेर रातारात ९९ वटा मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।

बेलायतमा ५ मध्ये १ शिक्षकले विद्यार्थीको दुर्व्यवहार सामना गर्छन्: अध्ययन 

कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टले देखाएको छ।

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ।

पाकिस्तानमा आत्मघाती बम आक्रमण: ५ चिनियाँसहित ६ जनाको मृत्यु 

चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले विस्फोट गराएका थिए। विस्फोटपछि चिनियाँ नागरिक बोकेको गाडी खाल्डोमा खसेको थियो। 

पानीजहाज ठोकिँदा बाल्टिमोरको ‘फ्रान्सिस स्कट कि ब्रिज’मा क्षति

मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ। 

फ्लोरिडोले सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने

फ्लोरिडा राज्यका गभर्नरले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।

गाजामा तत्काल युद्धविरामको प्रस्ताव पारित भएसँगै अमेरिकासँग इजरायल आक्रोशित

इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद‍्बाट गाजामा युद्धविरामको प्रस्ताव पारित

प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको बताइएको छ।

मस्को आक्रमणः तीन अभियुक्तले अदालतमा स्वीकारे अपराध

१३० जनाभन्दा बढीको ज्यान जाने गरी भएको मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन रुसी राष्ट्रपति पुटिन समर्थकहरूले माग गरेका छन्।

गाजामा इजराइली आक्रमणमा ३२ हजार प्यालेस्टिनीको मृत्यु, किन भएन युद्धविराम?

अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि कतार छाडेका छन्।

क्रिमियामा तैनाथ २ रुसी सैन्य जहाजमाथि युक्रेनले गर्‍यो आक्रमण

क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

मस्को आक्रमणमा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो, विश्वभरबाट निन्दा

पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।

आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा

मस्कोस्थित क्रोकस सिटी हलमा शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।

गाजामा युद्धविरामसम्बन्धी अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्।

अफगानिस्तानमा आत्मघाती बम आक्रमण: २१ जनाको मृत्यु

बिहीबार अफगानिस्तानको कान्दाहारस्थित एक बैंकमा आत्मघाती बम विस्फोट भएको छ। सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।