AnonymousUser

Logout

उत्तर कोरियाका ह्याकरले आफ्नो अदालतको डेटा चोरी गरेको दक्षिण कोरिया आरोप

ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ। 

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

एएनयूपोलमा सहभागीमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको तथा ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका छन्।

रफाह आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउँछ : गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्।

भारतको सर्वोच्च अदालतले केजरीवाललाई दियो अन्तरिम जमानत

भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई शुक्रबार अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ।

मिसुस्टिनलाई पुनः रुसी प्रधानमन्त्रीमा नियुक्त गर्ने पुटिनको प्रस्ताव

मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।

युद्धविराम वार्ता रोक्न इजरायलले रफाहमा आक्रमण गर्‍यो: हमास

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।

हतियार रोक्ने बाइडेनको चेतावनीको इजरायल अधिकारीद्वारा आलोचना

इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।

‘ओरांगुटान कूटनीति’ शुरू गर्ने मलेसियाको योजना

चीनको पाण्डा कूटनीति जस्तै मलेसियाले पनि व्यापारिक पहलका रूपमा ओरांगुटान कूटनीति लागू गर्ने जनाएको छ।

रफाहमाथि इजरायली आक्रमण रणनीतिक गल्तीः राष्ट्र संघ

मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ। 

रफाहमा कारबाही थाल्ने इजरायली डिफेन्स फोर्सको तयारी

इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।

इजरायलमा अल जजिराको प्रसारण बन्द, कार्यालयबाट सामान जफत

हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।

अमेरिकाको टेक्सासमा बाढी: ६०० भन्दा बढीको उद्धार

बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 

ब्राजिलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।

पूर्वी कंगोमा विस्थापितहरूको शिविरमा विस्फोट: १२ जनाको मृत्यु

संयुक्त राष्ट्र संघले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा करिब ७० लाख मानिस विस्थापित भएको जनाएको थियो।

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कको स्वास्थ्य मन्त्रालयले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट विस्तार गरेर १८ हप्ता पुर्‍याउने योजनाअनुरूप विधेयक अगाडि बढाएको छ।

राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।

कोरोना महामारीबारे सर्वप्रथम जानकारी दिने चिनियाँ डाक्टर किन बसे धर्नामा?

ती डाक्टरले कोरोना महामारीबारे आफ्नो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानको मस्जिदमा आक्रमण, ६ जनाको मृत्यु

बन्दुकधारीले पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा प्रार्थनाका क्रममा आक्रमण गरेका थिए। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।