AnonymousUser

Logout

दिल्लीको वायु प्रदूषण घटाउन कृत्रिम वर्षा सफल होला?

विज्ञहरूले क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रक्रिया महँगो हुने, यसको दिगो प्रभावबारे अहिलेसम्म प्रमाणित तथ्य उपलब्ध नभएको बताएका छन्। यस विषयमा गहन छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।

उत्तराखण्डको सुरुङमा पुरिएका ४० मजदुरको उद्धार जारी, पाइपबाट खाना र पानी पठाइँदै

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन्। उनीहरू सुरुङको मुखबाट २०० मिटरभित्र छन्। 

इन्धन अभावले उत्तरी गाजाका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।

बांग्लादेशमा पारिश्रमिक वृद्धिको आन्दोलनमा ४ तयारी पोसाक श्रमिकको मृत्यु

बांग्लादेशमा सञ्चालित तयारी पोसाक कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई पोसाक आपूर्ति गर्दछन्। तर यस क्षेत्रमा कार्यरत ४० लाख श्रमिकमध्ये अधिकांशको स्थिति दयनीय छ।

एन्नादिर लार्बाउई अल्जेरियाको प्रधानमन्त्री नियुक्त

अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। 

गाजाको अल शिफा अस्पतालमा विद्युत् अवरुद्ध हुँदा ३९ शिशुको ज्यान जोखिममा

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले विद्युत् अवरुद्ध हुँदा अल शिफा अस्पतालमा सघन उपचार कक्षमा उपचाररत ३९ शिशुको ज्यान खतरामा रहेको बताएको छ।

गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न वार्ता

इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २४० भन्दा बढी इजरायली बन्धक छन्।

गाजामा मानवीय सहायताका लागि युद्ध विरामको दबाब

इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा मानिसको बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जर्मनीद्वारा संकटग्रस्त उद्यमका लागि राहत प्याकेज घोषणा

अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।

अस्पतालमा खेलौनासँग भुलिरहेका विस्थापित प्यालेस्टिनी बालबालिका

फरा बकरले भत्किएको घरको भग्नावशेषबाट आफ्नो गुडिया खोजिन्। त्यसलाई नुहाइदिइन्, कपाल कोरिदिइन्। अहिले अस्पतालमा उनको प्यारो साथी त्यही गुडिया बनेको छ।

'सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष'

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा २०० देशले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए। 

१ एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट वञ्चित

अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्।

भ्रष्टाचार आरोपपछि पोर्चुगलका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।

बेलायती संसदमा ७० वर्षपछि राजाको सम्बोधन

गत वर्ष आफ्नी आमा महारानी एलिजाबेथ द्वीतीयको निधन भएपछि राजा बनेका चार्ल्स तृतीयले पहिलोपटक राजाको रूपमा संसदमा सम्बोधन गरेका हुन्।

इजरायल–हमास युद्धको १ महिनाः दशौँ हजार प्यालेस्टिनीको मृत्यु, झन् आक्रामक बन्दै इजरायल

युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।

सुडान बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा: संयुक्त राष्ट्रसंघ

दक्षिण सुडानको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

नयाँ दिल्लीमा एक साता निजी सवारीसाधन चलाउन रोक लगाइने

दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।

गाजाबाट ३०० भन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँ दिल्लीमा आगामी केही सातासम्म प्रदूषणको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ।