चीनको पाण्डा कूटनीति जस्तै मलेसियाले पनि व्यापारिक पहलका रूपमा ओरांगुटान कूटनीति लागू गर्ने जनाएको छ।
मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ।
इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।
हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।
बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।
संयुक्त राष्ट्र संघले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा करिब ७० लाख मानिस विस्थापित भएको जनाएको थियो।
डेनमार्कको स्वास्थ्य मन्त्रालयले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट विस्तार गरेर १८ हप्ता पुर्याउने योजनाअनुरूप विधेयक अगाडि बढाएको छ।
प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।
संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।
ती डाक्टरले कोरोना महामारीबारे आफ्नो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।
दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बन्दुकधारीले पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा प्रार्थनाका क्रममा आक्रमण गरेका थिए। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।
उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ।
बुर्किनाफासोमा सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। द्वन्द्वका कारण झन्डै २० लाख मानिस विस्थापित भएका छन्।
बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले हमासले इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र हजारौँ प्यालेस्टिनी कैदीको रिहा गर्ने प्रस्ताव गरिएको बताए।
सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।
यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।
बैठकमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहनेछ। सो क्रममा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षबारे पनि छलफल हुनेछ।