AnonymousUser

Logout

दक्षिण चीन सागरमा बढ्दो तनावबीच जर्मनी र फिलिपिन्स रक्षा सम्झौता गर्दै

हालै बेइजिङ र मनिलाबीच दक्षिण चीन सागरमा तनाव बढेको छ। चीनले उक्त सागरको अधिकांश भूभागमा आफ्नो नियन्त्रण दाबी गर्दै आएको छ तर यस दाबीको कुनै कानूनी आधार छैन।

बांग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै पुनः चर्कियो आन्दोलन

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ।

मतदानको रेकर्ड सार्वजनिक गर्न भेनेजुएलालाई युरोपेली संघका ७ राष्ट्रको आग्रह

फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका

हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने इरानले वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो।

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्री बाढीबाट प्रभावित भएका छन्।

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन्। आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन।

चीनमा भारी वर्षाले निम्त्याएको विपद‍्बाट ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका छन्।

सिंगापुर र अमेरिकाबीच गैरसैनिक परमाणु ऊर्जा सहयोग सम्झौतामा हस्ताक्षर

परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको छ।

भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।

इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो

भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १०० जनाभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

बेलायतमा छुरा आक्रमणबाट २ बालबालिकाको मृत्यु, ९ घाइते

उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

भारतको केरलामा पहिरोः कम्तीमा ४० जनाको मृत्यु, दर्जनौँ मानिस पुरिएको आशंका

मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

पाकिस्तानमा ३० एकड जमिनका लागि साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।

अस्ट्रेलियामा कोभिड–१९ का कारण हुने मृत्युदर अझै उच्च

अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।

ट्रम्पले क्रिस्चियनहरूलाई किन भने– ४ वर्षपछि भोट हाल्नु पर्दैन?

२०२० मा ओहायोको चुनावी र्‍यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'

पाकिस्तानमा जग्गा विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा ३५ जनाको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा ३५ जनाको मृत्यु भएको छ।

चीनको हुनान प्रान्तमा पहिरो: ११ जनाको मृत्यु

घटनास्थलबाट ६ जना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताइएको छ। उद्धार कार्य जारी छ। 

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

शुक्रबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए।

ओलम्पिक शुरू हुनु केही घण्टाअघि फ्रान्सको रेल नेटवर्कमा आगजनी

पेरिस ओलम्पिक उद्घाटनको केही घण्टाअघि फ्रान्समा उच्च गतिको रेल नेटवर्कलाई प्रभावित पार्ने गरी भएको आगजनीबाट यातायात प्रणाली अवरुद्ध भएको छ।