न्युयोर्कको १२ सदस्यीय जुरीले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा उनलाई दोषी ठहर गरेको छ।
सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा चाँडोभन्दा चाँडो युद्ध समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ।
भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।
दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।
सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएकामध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्।
दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।
प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।
भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।
‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेका बेला आगलागी भएको जनाइएको छ।
अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ।
ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।
शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको इजरायली सेनाको भनाइ छ।
भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।
बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।
प्यालेस्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ।
गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको जनाइएको छ।