रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा दशतले आवासीय भवनमा भएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।
अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्।
अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।
ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ।
एएनयूपोलमा सहभागीमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको तथा ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्।
भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई शुक्रबार अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।
इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।
इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
चीनको पाण्डा कूटनीति जस्तै मलेसियाले पनि व्यापारिक पहलका रूपमा ओरांगुटान कूटनीति लागू गर्ने जनाएको छ।
मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ।
इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।
हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।
बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।
संयुक्त राष्ट्र संघले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा करिब ७० लाख मानिस विस्थापित भएको जनाएको थियो।
डेनमार्कको स्वास्थ्य मन्त्रालयले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट विस्तार गरेर १८ हप्ता पुर्याउने योजनाअनुरूप विधेयक अगाडि बढाएको छ।