AnonymousUser

Logout

फ्रान्समा राजनीतिक अस्थिरता, १ वर्षमै ४ जना प्रधानमन्त्री

फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गीय नेता फ्रान्कोइस बेरोउलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

उच्च अदालतले अल्लु अर्जुनलाई दियो अन्तरिम जमानत

‘पुष्पा २’को ‘स्क्रिनिङ’का क्रममा भागदौड मच्चिएर एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुनलाई उच्च अदालतले अन्तरिम जमानत दिएको छ।

तमिलनाडुको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३० घाइते

भारतको तमिलनाडुस्थित एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित

टाइम पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरिएको जनाएको छ।

बुल्गेरिया र रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता

ईयूका सदस्य राष्ट्रले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरूदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्।

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। 

कुनै समय अमेरिकाको टाउको दुखाई बनेका हक्कानी, मारिए आत्मघाती हमलामा

अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो। हक्कानी नेटवर्क अमेरिकामा 'विदेशी आतंकवादी संगठन' को सूचीमा छ।

विदेशमा रहेका सिरियालीलाई स्वदेश फर्कन नवनियुक्त प्रधानमन्त्रीको आह्वान

सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ।

अमेरिकाले रुसको जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो।

विवादले घेरिरहने बेलायती राजपरिवार, के हो पछिल्लो विवाद?

जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिलाई देश छोड्न रोक

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।

अपदस्थ सिरियाली राष्ट्रपति असद परिवारसहित मस्कोमा, पुटिनले दिए राजनीतिक शरण

विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।

हेगमा भएको विस्फोटमा परी ५ जनाको मृत्यु

शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।

सिरिया स्वतन्त्र भएको विद्रोही समूहको दाबी, देश छाडेर कहाँ गए बसर अल असद?

राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।

दक्षिण भारतमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

गार्जियन विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार ‘द अब्जर्भर’ बेच्न सहमत

गार्जियन मिडिया समूह (जीएमजी)ले टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार ‘द अब्जर्भर’ बेच्न सहमत भएको छ।

सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान युक्रेनले गर्‍यो अस्वीकार

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुरुष सैनिक भर्ना उमेर यसै वर्ष २७ बाट २५ वर्षमा झारेका थिए। अझै घटाउने अनुरोध भने उनले अस्वीकार गरेका हुन्।

फ्रान्सका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्। 

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।