इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सीलाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको छ।
एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।
इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।
भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।
जी७ का नेताहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।
इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।
लेबनानका सूचना मन्त्रीले इजरायलले जानाजानी आक्रमण गरेको र यसलाई युद्ध अपराध भएको बताएका छन्।
ट्रामीले फिलिपिन्सको मुख्य लुजन टापुका बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको छ।
समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न सकिने बताएका छन्।
टर्की सरकारले बुधबार राति इराक र सिरियामा रहेको कुर्दिश चरमपन्थी संगठन पीकेकेको स्थानमा आफ्नो सेनाले आक्रमण गरेको जनाएको छ।
उत्तर कोरियाको वोनसनबाट सेना रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको अमेरिकाले जनाएको छ।
मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।
प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।
युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ।
पछिल्लो समय इजरायलले हिजबुल्लाहका आर्थिक लक्ष्यकेन्द्रित हमला गरिरहेको छ।
दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ।
डुंगामा अधिकांश विद्यार्थी सवार थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।
मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखेका थिए।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ।
इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ। इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।