AnonymousUser

Logout

इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ।

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ।

गाजामा युद्धविराम गर्ने सम्झौता इजरायली मन्त्रिपरिषद्‍बाट अनुमोदन

सम्झौता आइतबारदेखि लागू हुनेछ। १५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो।

३ वर्षयता लगातार घट्दै चीनको जनसंख्या

‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको मानिसको हुनेछ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय

अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो।

विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै रुस र इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि रुस र इरानबीच सम्झौता हुन लागेको हो।

अन्तरिक्षमा २ उपग्रह ‘डक’ गरेर भारतले कायम गर्‍यो नयाँ कीर्तिमान

इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका बलिउड अभिनेता सैफ अली खान खतरामुक्त

खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

तान्जानियामा मारबर्ग भाइरसका कारण ८ जनाको मृत्यु

डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।

बेलायतको राजनीतिमा एलोन मस्कको चर्चा

बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।

इजरायल–हमास वार्ता : प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर कोरियाले पूर्वी सागरमा क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको दाबी

उत्तरी भित्री क्षेत्रबाट प्रहार गरिएको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानको सीमा क्षेत्रस्थित समुद्रमा अवतरण गर्नुअघि लगभग २५० किलोमिटर उडेको दक्षिण कोरियाले जनाएको छ।

लस एन्जलस डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो, विस्थापितहरू अझै ४ दिन घर फर्कन नसक्ने

लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।

गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि बाइडेनले नेतन्याहुलाई गरे फोन

यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।

चीनले ऊर्जा बचाउन सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर’ मेट्रो ट्रेन

पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा आएको छ।

लस एन्जलसको डढेलोमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।

लस एन्जलस आगलागी: ‘बम खसेजस्तो’ भयानक अवस्था

शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।

जेजु एयरको विमान दुर्घटना हुनुअगावै रोकिएको थियो ब्ल्याक बक्समा रेकर्डिङ

दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त जेजु एयरको विमानको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको पाइएको जनाएको छ।