विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।
हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १०० जनाभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।
अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।
२०२० मा ओहायोको चुनावी र्यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'
उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा ३५ जनाको मृत्यु भएको छ।
घटनास्थलबाट ६ जना घाइतेको उद्धार गरिएको र एकजना बेपत्ता रहेको बताइएको छ। उद्धार कार्य जारी छ।
शुक्रबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए।
पेरिस ओलम्पिक उद्घाटनको केही घण्टाअघि फ्रान्समा उच्च गतिको रेल नेटवर्कलाई प्रभावित पार्ने गरी भएको आगजनीबाट यातायात प्रणाली अवरुद्ध भएको छ।
मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।
आँधीपछि फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसंख्या भएका क्षेत्रमा वर्षाका कारण बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन ठप्प भएको छ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।
प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा सन्देश जारी गरिएको छ।
क्रोएसियाको एक निजी नर्सिङ होममा एक बन्दुकधारीले गोली प्रहार गरी आफ्नी आमासहित ६ जनाको हत्या गरेका छन्।
बांग्लादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।
डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच गत महिना भएको चुनावी बहसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ रहेपछि डेमोक्र्याट नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
एक सय जना भन्दा धेरैको ज्यान जाने गरी भएको विरोध प्रदर्शनपछि सर्वोच्च अदालतले लगभग सबै सरकारी जागिर योग्यताको आधारमा दिनुपर्ने फैसला सुनाएको हो।