AnonymousUser

Logout

अमेरिकाको न्यु अर्लिन्समा गाडीले किचेर १० जनाको मृत्यु, दर्जनाैँ घाइते

यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

भारत लखनऊको होटलमा आमा र ४ छोरी मृत भेटिए, छोरा पक्राउ

घरायसी विवादका कारण एक युवकले आमा र ४ बहिनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जापानमा भारी हिमपातले बिथोलियो नयाँ वर्ष मनाउन हिँडेकाहरूको यात्रा

होक्काइडोको मुख्य विमानस्थलमा वैकल्पिक उडानको प्रतीक्षामा यात्रुहरूको लामो लाइन लागेको छ। केहीले विमानस्थलको प्रस्थान कक्षबाटै सन् २०२५ लाई स्वागत गर्ने तयारी गरेका छन्।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित नभएपछि अनुसन्धानकर्ताले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।

युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता उपलब्ध गराउने अमेरिकाको घोषणा

अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ।

कार्टर फेरि नेपाल आउन चाहन्थे

शान्ति प्रक्रियामा नेपालका सहयोगी कार्टरले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई तथा प्रधानसेनापति रूक्माङ्गत कट्‍वाललाई भेटेका थिए।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपति रहेका कार्टरलाई मानवअधिकार र सामाजिक कल्याणको क्षेत्रमा पुर्‍याएको योगदानका निम्ति सन् २००२ को नोबेल शान्ति पुरस्कार दिइएको थियो।

दक्षिण कोरियामा विमान दुर्घटना : सबै यात्रु र चालक दलका ४ सदस्यको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा चालक दलका दुई सदस्यबाहेक विमानमा सवार सबैको मृत्यु भएको छ।

दक्षिण कोरिया विमान दुर्घटना : मृतकको संख्या १६७ पुग्यो

जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिई पर्खालमा ठोक्किएर आगलागी हुँदा १६७ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

थाइल्यान्डको बैंककबाट १७५ यात्रु र ६ जना चालक दलका सदस्यसहित फर्किएको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो। 

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानसाथ अन्त्येष्टि

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने कानून अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।

भारतको पन्जाबमा पुलबाट बस खस्दा ८ जनाको मृत्यु

भारतको पन्जाबमा यात्रुवाहक बस पुलबाट खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। 

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग पारित

दक्षिण कोरियाको विपक्षी नियन्त्रित संसद‍बाट शुक्रबार महाभियोग प्रस्ताव पारित भएपछि कार्यवाहक राष्ट्रपति हान डक–सो पदबाट निलम्बित भएका छन्।

जापानमा वृद्ध जनसंख्यया र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

जापान सरकारले सन् २०२५ को अप्रिलदेखि शुरू हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ। 

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन 

भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता

निलम्बित राष्ट्रपति युन सुक योललाई हटाउने प्रक्रियाका लागि संवैधानिक अदालतमा न्यायाधीश मनोनयन गर्न अस्वीकार गरेपछि विपक्षीले कार्यवाहक राष्ट्रपति हानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सामान्य सुरक्षा बलका १४ सदस्य र तीन सशस्त्र व्यक्तिको मृत्यु भएको छ।

गाजा युद्धविरामको सम्झौतामा इजरायलका ‘नयाँ’ सर्तहरूले ढिलाइ भयो – हमास

हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ।