AnonymousUser

Logout

भारतमा बस र ट्यांकर ठोक्किँदा १८ जनाको मृत्यु

भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार  मानिसको मृत्यु हुने गरेको छ। 

रुसी राष्ट्रपतिसँगको भेटमा मोदीले भने– युद्धले समस्या समाधान गर्न सक्तैन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।

गाजायुद्ध १०औँ महिनामा, प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढीको मृत्यु 

यस अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन्।

मसूद पेजेस्कियान इरानको राष्ट्रपतिमा निर्वाचित 

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम राईसीको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन आह्वान गरिएको थियो।

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीका लागि खतरनाक क्रसिङ गेटवे हो।

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको भनाइ

बेलायतका नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित कियर स्टार्मर को हुन्?

स्टार्मरको जन्म सन् १९६२ मा बेलायतको एक मजदुर वर्ग परिवारमा भएको थियो। पेसाले वकिल रहेका ६१ वर्षीय स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए।

बेलायतमा लेबर पार्टीको फराकिलो जित, स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै

आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।

सुडानको युद्ध क्षेत्रबाट भाग्ने क्रममा नाइल नदीमा डुबेर २५ जनाको मृत्यु

दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। 

मालीमा आतंककारी आक्रमण, २० जनाभन्दा बढीको मृत्यु

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेर आक्रमण गरेका थिए।

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको संक्रमण भयावह

प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो। 

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ।

हमासको रकेट आक्रमणपछि प्यालेस्टिनीहरूलाई दक्षिणी गाजा खाली गर्न इजरायलको आग्रह

हमासले सोमबार बिहान इजरायलतर्फ २० वटा रकेट आक्रमण गरेपछि इजरायली सेनाले यो आदेश दिएको हो।

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

अस्पताल प्रमुख साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको र यातनाले गर्दा आफ्नो औँला भाँचिएको बताएका छन्।



फ्रान्स : निर्वाचनको पहिलो चरणमा ले पेनको दल विजयी, राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा

अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।

नाइजेरियामा बम विस्फोट: १८ जनाको मृत्यु, ४८ घाइते

आत्मघाती आक्रमणकारीले अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेका थिए।

जबलपुर र दिल्लीपछि गुजरातमा पनि विमानस्थलको छत भत्कियो

भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।