भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।
इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन स्थानान्तरण गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।
गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले बन्धक बनाएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ।
वार्ताका लागि युक्रेन पनि तयार रहनुपर्ने र पहिलो प्रतिबन्ध खुकुलो पार्नुपर्ने पुटिनले बताएका छन्।
ह्वाइट हाउसका प्रेससचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताइन्।
अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहानदेखि शुरू भएको अर्को डढेलो (लगुना डढेलो)को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ। भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय…
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाख जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ।
भारतीय विदेशमन्त्री जयशंकरले नयाँ दिल्ली कागजातविहीन भारतीयलाई फिर्ता लिन तयार रहेको र अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारत फर्काउन प्रमाणीकरणको प्रक्रियामा रहेको बताएका छन्।
सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेपछि ब्लुमबर्गले यूएनएफसीसीसीलाई १ करोड ५० लाख डलर दिने वाचा गरेका थिए।
यात्रुहरूमाझ रेलमा आगलागी भएको हल्ला फैलिएपछि चेन पुलिङ गरेर ट्रेन रोकेर धेरै यात्रु रेलबाट ओर्लिएका थिए। त्यहीबेला अर्को ट्र्याकमा आएको रेलले यात्रुहरूलाई ठक्कर दिएको हो।
उत्तरमध्य नाइजर राज्यको व्यस्त सडकमा ट्यांकर पल्टिएको थियो। त्यसपछि मानिसहरूले पेट्रोल निकाल्ने क्रममा विस्फोट भएको थियो।
विज्ञले डब्लूएओबाट फिर्ता हुँदा अमेरिकाले महामारी निगरानी तथ्यांकमाथि प्राप्त विशेषाधिकार पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराको निगरानी र रोकथाम क्षमता कमजोर बन्ने चेतावनी दिएका छन्।
वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटलमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई शपथ गराए।
कलकत्तामा चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।
रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।
गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ। इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन्।
कलकत्तास्थित सरकारी अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा अदालतले अस्पतालका नागरिक स्वयंसेवक सञ्जय रोयलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासले यो मुद्दामा सोमबार सजाय सुनाइने बताए।