भारतको कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। उक्त घटनापछि चर्किएको विरोध प्रदर्शनमा जोडिएको अभियान ‘रिक्लेम द नाइट’ के हो?
इजरायली हवाई आक्रमणबाट नौ बालबालिकासहित एकै परिवारका १५ सदस्यको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले बताएको छ।
भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।
पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो।
तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।
रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।
गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।
सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।
यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।
अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ।
कोर्बिन शुल्ट्जमाथि ४२ हजार अमेरिकी डलरमा अति संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। उनलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।
महासचिव गुटेर्रेसले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।
खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ। जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो।
प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।
बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन्।
बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड मच्चिएको हो।
अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले बांग्लादेशमा राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीसँग अपिल गरेका छन्।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार इजरायलले अल–ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको हो।
ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको भोपस एयरलाइन्सको टर्बोप्रप विमान भिन्हेडो शहरमा खसेको छ।