AnonymousUser

Logout

उत्तरी सिरियामा कार बम विस्फोट, १५ जनाको मृत्यु

सिरियाको उत्तरी शहर मानबिजनजिकै सोमबार भएको कार बम विस्फोटमा १४ महिला र एक पुरुष गरी १५ जनाको मृत्यु भएको छ।

डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी?

दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको भन्दै स्थितिको अनुसन्धान पूरा नभएसम्म सबै प्रकारका सहयोग रोक्का गर्ने बताएका छन्।

एआई प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

बेलायतले यौन दुर्व्यवहारजन्य तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणलक्षित नयाँ कानूनको घोषणा गरेको छ।

नेतन्याहुले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने

हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ।

अरब विदेशमन्त्रीहरूले अस्वीकार गरे गाजाबाट प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने प्रस्ताव

इजिप्ट, जोर्डन, यूएई, साउदी र कतारका विदेशमन्त्रीको बैठकले प्यालेस्टिनी नागरिकलाई गाजापट्टिबाट स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेको छ।

भारतको बजेट सार्वजनिक: अर्थतन्त्र सुदृढीकरण र समावेशी विकासमा जोड

अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगलाई समर्थन गर्ने र घरेलु भावनालाई बढवा दिनको लागि मुख्य उपाय सहितको बजेट सार्वजनिक गरेकी हुन्। 

अमेरिकाको व्यस्त शहरमा ६ यात्रु सवार जहाज दुर्घटना

जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।

दक्षिण कोरियाले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने

दक्षिण कोरियाले चिनियाँ स्टार्टअप डिपसिकसँग प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गरिन्छ भन्नेबारेमा सोधपुछ गर्ने भएको छ।

वासिङ्टन हवाई दुर्घटना : हेलिकप्टर र विमानमा सवार सबैको मृत्यु‍

वासिङ्टनको आकाशमै सैनिक हेलिकप्टर र यात्रुवाहक हवाईजहाज आपसमा ठोक्किँएर भएको दुर्घटनामा दुवै विमानमा सवार सबैको मृत्यु भएको अधिकारीले बताएका छन्।

ब्रिक्स राष्ट्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेकाले अमेरिका हेरेर बस्ने अवस्था समाप्त भएको राष्ट्रपति ट्रम्पको चेतावनी छ।

इजरायली कैदी आदानप्रदानमा रिहा भए शीर्ष प्यालेस्टिनी लडाकु

प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।

वासिङ्टन विमान दुर्घटना: चिसोले उद्धारमा कठिनाइ

रातको समय, पानी र चिसो मौसमका कारण दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले बताए।

वासिंटन विमान दुर्घटना: कम्तीमा १८ जनाको शव फेला 

विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

अमेरिकामा ठोक्किए उडिरहेका विमान र हेलिकप्टर

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र तीन सैनिक सवार हेलिकप्टर ठोक्किएका छन्।

कुम्भमेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने स्थानीय प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै मृतकको संख्या ४० पुगेको जनाएको छ।

जापानमा स्कुले विद्यार्थीमा आत्महत्याको दर बढ्दो

यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ।

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ यात्रुको सकुशल उद्धार

उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। 

भारतको प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु 

धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्। 

भारतीय धार्मिक समारोहमा काठको संरचना भत्किँदा ५ जनाको मृत्यु, ४० घाइते

उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने ट्रम्पको प्रस्ताव

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्।