फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।
हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।
राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।
युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच दिनेसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।
हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।
फेब्रुअरी ८ मा चुनावको नतिजा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।
देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।
क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको जहाज पल्टिएको छ।
सिंगापुर वर्कर्स पार्टीका महासचिव प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।
मौरिसस प्रहरीले पूर्वप्रधानमन्त्री प्रविन्द जगन्नाथलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ।
अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक मालीमा बहुमूल्य धातुको अवैध रूपमा उत्खनन हुने गरेको छ।
प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका बेला भागदौड भएको थियो।
संयुक्त राष्ट्रसंघकाे शान्ति स्थापना कार्यअन्तर्गत लेबनानमा खटिएका शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको लेबनानी अधिकारीहरूले बताएका छन्।
इजरायली हिरासतमा रहेका ३६९ प्यालेस्टिनीको रिहाइको बदलामा हमासले शनिबार थप तीन जना बन्धकलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएको छ।
युद्धविराम सम्झौता रद्द गर्ने इजरायलको चेतावनीपछि हमासले शनिबार रिहा गर्न लागेका तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ।
जापानले मूल्यवृद्धिलाई मध्यनजर गर्दै आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामल भण्डार खुल्ला गर्ने भएको छ।
बुसान शहरको अग्नि नियन्त्रक सेवाले आगो निभाउन ९० जना अग्नि नियन्त्रक खटाएको थियो। भवनभित्र फसेका कामदारलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरिएको थियो।