AnonymousUser

Logout

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ।

चक्रवात यागीबाट पूर्वी एशियामा २०० भन्दा बढीको मृत्यु, लाखौँ मानिस प्रभावित

यागी चक्रवातका कारण भएको भारी वर्षापछि आएको बाढीले उत्तरी भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारका भूभाग डुबानमा परेका छन्।

गाजाको विद्यालयमा इजरायली आक्रमण: १८ जनाको मृत्यु

पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधासमेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।  

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।

ह्यारिस र ट्रम्पबीचको बहस : कसको पल्ला भारी?

बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'

जातीय झडपपछि मणिपुरमा कर्फ्यु

मणिपुरको स्थानीय सरकारले राजधानी इम्फाल र वरपरको उपत्यकामा अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ।

इजरायली सेनाद्वारा गाजाको राहत शिविरमै आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

सोमबार राति गाजाको अल मवासी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको तथा ६० भन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित प्रशासनले जनाएको छ।

भियतनाममा यागी चक्रवातबाट ५९ जनाको मृत्यु, ३० लाख मानिस बिजुलीविहीन

चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

इजरायलले  पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ। 

अफगानिस्तानमा १ लाखभन्दा धेरै लागुऔषध प्रयोगकर्ता अस्पताल भर्ना

अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले तीन वर्षमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा ३७ हजार अफिम फार्म नष्ट गरेको छ।

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले छाडे देश

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए।

श्रीलंकामा राष्ट्रपति निर्वाचनः आर्थिक संकटपछि ‘माओवादी’ नेता दिसानायकेको लोकप्रियता

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?

जर्मनीको हर्ज पर्वतमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।

दक्षिण कोरियामा घट्दो जन्मदरले चिन्ता, बचतदर पनि घट्यो

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।

फ्रान्सका नयाँ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् गठन गर्न सकस

वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्।

केन्याको विद्यालयमा आगलागी: १७ बालबालिकाको मृत्यु

न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो। 

एन्ड्री सिबिहा युक्रेनको विदेशमन्त्री नियुक्त 

युक्रेनी संसद्‍ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्‌मध्ये २५८ को समर्थन प्राप्त गरे।

जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’

भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।

युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको पुटिनको भनाइ

युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

युक्रेन युद्धका बीच आणविक हतियारको सिद्धान्त परिवर्तन गर्दै रुस

रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।