ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्।
बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।
अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
रुसी र अमेरिकी अधिकारीबीच साउदी अरबको राजधानी रियादपछि बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ।
जापानको सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ।
इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विश्व बैंक, यूई र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्यांकनका अनुसार रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।
ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः शुरू गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि म्याक्रोँ वासिङ्टन पुगेका थिए।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।
हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।
राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।
युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच दिनेसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।
हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।
फेब्रुअरी ८ मा चुनावको नतिजा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।
देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।
क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको जहाज पल्टिएको छ।
सिंगापुर वर्कर्स पार्टीका महासचिव प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।