AnonymousUser

Logout

नयाँ पोप लियो चौधौँः मिसनरीमा केन्द्रित, नेतृत्वदायी क्षमता

पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।

भारत–पाकिस्तान बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।

दक्षिण सुडानमा मानवीय संकट चुलिँदै, बालबालिकाको जीवन जोखिममा

अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति: यूएनडीपी

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।

केन्द्रीय सुरक्षा समिति बैठक: सिमाना र विमानस्थलमा निगरानी बढाइने

भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव,आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ।

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति

ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।

फ्रेडरिख मर्ज जर्मनीको चान्सलरमा निर्वाचित

नयाँ नेतृत्वबाट जर्मनीमा दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, तनाव चुलियो

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्।

गाजामा युद्ध शुरू भएयता १६ हजार बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्।

विदेशमा निर्मित चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रलाई शतप्रतिशत कर लगाउने प्रक्रिया शीघ्र शुरू गर्न वाणिज्य मन्त्रालयलाई आदेश दिएका छन्।

पोर्चुगलले १८ हजार अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने

पोर्चुगलमा एक लाखको हाराहारीमा नेपाली छन्। अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बनेको छ।

लन्डनमा आतंकवादविरुद्धका २ छुट्टाछुट्टै कारबाहीमा ८ जना पक्राउ


लन्डनमा आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जना पक्राउ परेका छन्।

इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थललक्षित यमनी क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ। 

अस्ट्रेलियाको निर्वाचनमा सत्तारूढ लेबर पार्टी विजयी

अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ।

भारतको गोवास्थित मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

आगो बाल्नका लागि हजारौँ मानिस भेला भएको बेला भएको घटनामा कम्तीमा ८० जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताएका छन्।

इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ

मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।

अमेरिकी अर्थतन्त्रमा संकुचन

सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।

भारतको कोलकातास्थित होटलमा आगलागी, १५ जनाको मृत्यु

आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।

आङ सान सुकीको बंगला लिलामी चौथो पटक असफल

पहिलो पटक सन् २०२४ मार्चमा १५ करोड डलरमा बिक्रीको लागि राखिएको थियो, तर त्यसपछिका तीन लिलामीहरूमा भने क्रमशः मूल्य घटाइएको थियो।