भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते छन्।
अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ। यस्तो अवस्थामा महत्त्वपूर्ण मानिएको प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।
प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।
विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ।
शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी म्यानमार र थाइल्यान्डमा १५० जनाको मृत्यु भएको छ।
म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ भने भवनमा क्षति पुर्याएको छ।
ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा कर बढाउने निर्णय गरेको बताएका छन्।
मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन उत्तर कोरियाले सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको दक्षिण कोरियाले जनाएको छ।
अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई)र उन्नत कम्प्युटिङ क्षमतामा खलल पुर्याउने उद्देश्यले मंगलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको हो
संसारभरका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ।
दक्षिण कोरियाका सांसदहरूले हान डक सोविरुद्ध लगाएको महाभियोग खारेज गर्दै कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न संवैधानिक अदालतले आदेश दिएको छ।
इजरायली सेनाले हमासले अस्पताल तथा धार्मिक स्थलहरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
रुसी ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।
साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गइरहेको उल्लेख छ।
भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।
थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।
विद्युतीय सबस्टेसनमा आगलागीपछि बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्।
रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ।
म्याप बायोमास अनुगमन प्लेटफर्मको तथ्यांकअनुसार सन् २०२३ यता ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ।