AnonymousUser

Logout

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा माओवादी महासचिव बसवराजुसहित २७ जनाको मृत्यु

नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको गृहमन्त्री शाहले उल्लेख गरेका छन्। 

चामल किन्न नपरेको अभिव्यक्तिका कारण जापानी कृषिमन्त्रीले दिए राजीनामा

कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए।

युरोपेली संघले लगायो रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाब

ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ।

गाजामा खाद्यान्न वितरण पुनः शुरू गर्न इजरायलले दियो स्वीकृति

गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न वितरण’ पुनः शुरू गर्न अनुमति दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

अमेरिकी पूर्वराष्ट्रपति बाइडेन प्रोस्टेट क्यान्सरबाट पीडित

८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।

गाजामा इजरायली हमलाबाट मृतकको संख्या १०० नाघ्यो

गाजामा इजरायली आक्रमण हुँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन्।

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।

रुस–युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग वार्ता गर्ने ट्रम्पको घोषणा

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

अमेरिकामा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु

आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

यस वृद्धिदरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ।

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया

सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।

दक्षिण लेबनानमा स्थानीय र शान्ति सैनिकबीच झडप

संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ताका अनुसार दक्षिण लेबनानमा शान्ति सैनिकको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।

बिहीबार मध्यरातदेखि गाजामा इजरायली आक्रमण, कम्तीमा ११४ जनाको मृत्यु

इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।

दक्षिणी गाजामा इजरायलको हवाई आक्रमण, ५४ जनाको मृत्यु

यसअघि, उत्तरी र दक्षिणी गाजामा बुधबार भएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको थियो।

भारत–पाकिस्तान द्वन्द्व: जेएनयूले गर्‍यो टर्किएको इनोनु विश्वविद्यालयसँगको सम्झाैता निलम्बन

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको जेएनयूले जनाएको छ।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

सिरियामाथिको प्रतिबन्ध हटाउने अमेरिकाको घोषणा 

भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्। 

भारतको पन्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

भारतमा केही उडान अझै रद्द, यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह

भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्।

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।