AnonymousUser

Logout

तामिलनाडुमा आँधीका कारण विद्यालय बन्द, ४७१ जनालाई राहत शिविरमा सारियो

आँधीका कारण बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जोखिम भएकाले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गगरिएको छ।

भारतको आर्थिक वृद्धिदर ५.४ प्रतिशतमा झर्‍यो

अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतमा रहेको भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झरेको छ।

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

मलेसियाका धेरै राज्यमा भारी वर्षापछि आएको बाढीबाट चार जनाले ज्यान गुमाएका छन् भने ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न विधेयक पारित

अस्ट्रेलियाका सांसदले १६ वर्षमुनिका बालबालिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्।

इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धारकर्मीहरू बताएका छन्।

श्रीलंकामा आँधीका कारण ४ बालबालिकाको मृत्यु

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ। यसले कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य वृद्धि भएको हो।

इजरायल र हिजबुल्लाहबीच लागू भयो युद्धविराम

यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।

युक्रेन संकटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रुसी विदेशमन्त्री 

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणले युद्ध झन् बढाउने र यसको राजनीतिक र कूटनीतिक समाधान तत्काल सम्भव नरहेको विदेशमन्त्री सर्गेई लावरोभको भनाइ छ।

ट्रम्पको शुल्क वृद्धिका लागि तयार रहन ईयूलाई जर्मनीको आग्रह  

मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा शुल्क बढाउने ट्रम्पको घोषणापछि जर्मनीका अर्थमन्त्रीले युरोपेली संघ पनि यस्तै अवस्थाको सामना गर्न तयार रहनुपर्ने बताएका छन्।

पाकिस्तानमा इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा ६ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामबादमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको आन्दोलनका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।

पाकिस्तानमा साम्प्रदायिक झडप, ८८ जनाको मृत्यु

बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रु बोकेको गाडीमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो।

इजिप्टको ‘रेड सी’ तटमा डुंगा पल्टिँदा १७ पर्यटक बेपत्ता

इजिप्टको ‘रेड सी’को तटमा सोमबार विदेशी पर्यटक यात्रा गरिरहेको डुंगा पल्टिँदा १७ जना बेपत्ता भएका छन् भने २८ जनाको उद्धार भएको छ।

हिजबुल्लाहले इजरायलमा प्रहार गर्‍यो ३०० भन्दा धेरै मिसाइल र ड्रोन

युद्धविराममा मध्यस्थताको भूमिका निर्वाह गरेका वार्ताकारहरूले नयाँ आक्रमणले युद्धलाई रोक्नुको साटो झन् चर्काउने बताएका छन्।

फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी हुँदा २ हजार परिवार घरबारविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।

पाकिस्तानको कुर्रममा साम्प्रदायिक झडप हुँदा ३ दिनमा ८२ जनाले गुमाए ज्यान

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।

न्युजिल्यान्डको संसद्‍मा हाका नाच्ने हाना, आदिवासीहरूको जब्बर आवाज

न्युजिल्यान्डको जनसंख्याको १९ प्रतिशत माओरी समुदाय र आफ्नो अधिकारको पक्षमा लड्न छुट्टै पार्टी ‘ते पाती माओरी’ खोलेका छन्। त्यही पार्टीबाट निर्वाचित सांसद् हुन् हाना, जो हाका नाचेर चर्चामा छिन्।

‘उत्तर कोरियालाई सेनाको बदलामा रुसको तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग’

रुसले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा सेना पठाएको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले दाबी गरेका छन्।

पाकिस्तानमा बसमा गोली चल्दा ४२ जनाको मृत्यु

पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा बिहीबार बन्दुकधारीले गोली चलाएका हुन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।