AnonymousUser

Logout

अमेरिकी शहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए। 

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।

यमनमा अमेरिकी हवाई आक्रमणबाट ५८ जनाको मृत्यु, १२५ जना घाइते

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नुरहेको अमेरिकी सेनाले जनाएको छ।

युक्रेन र अमेरिकाबीच प्राकृतिक स्रोत तथा खनिजसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्‍याएको थियो।

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘विश्व प्रेस फोटो अफ द इयर’

गाजामा इजरायली आक्रमणबाट दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्वीरलाई ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’का रूपमा सम्मानित गरिएको छ।

अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल

अमेरिकी विश्वविद्यालयहरूसँग यति बेला दुईवटा विकल्प छन्– ट्रम्प प्रशासनको एजेन्डा पालना गर्ने वा संघीय कोष गुमाउने। यस कदमबाट ट्रम्पले विश्वविद्यालयहरूमा प्रभाव जमाउन चाहेको देखिन्छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्बोडिया भ्रमणमा

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरूप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्बोडिया पुगेका हुन्। 

बेलायतमा सर्वोच्च अदालतको फैसला: जन्मदेखि नै महिला भएको व्यक्तिलाई मात्र महिला मानिने

बेलायती सर्वोच्च अदालतको यो फैसलाअनुसार अब कानूनी रूपमा महिला मानिने ट्रान्सजेन्डर व्यक्तिलाई समानता कानूनअन्तर्गत भने महिला मानिने छैन।

अमेरिकासँग कर विवाद बढेसँगै चीनले नियुक्त गर्‍यो नयाँ व्यापार दूत

विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका ५८ वर्षीय ली कुशल कूटनीतिज्ञ मानिन्छन्।

व्यापार युद्ध गहिरिँदै जाँदा चीनले रोक्यो बोइङका जहाजको ‘डेलिभरी’

ब्लुमबर्गको रिपोर्टअनुसार चीनले एयरलाइन्सहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसँग सम्बन्धित उपकरण र पार्टपुर्जा खरिद पनि रोक्न निर्देशन दिएको छ।

रुससँग सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।

युक्रेनको सुमीमा रुसी आक्रमणबाट ३२ सर्वसाधरणको मृत्यु

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।  

हावाहुरीबाट उत्तर चीन प्रभावित, सयौँ हवाई उडान रद्द

हावाहुरीका कारण उत्तर चीनमा हवाई उडान तथा रेल सेवा प्रभावित भएको छ भने समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ३२ जनाको मृत्यु

मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घटनापछि नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ।

बिहारमा असिनापानीका कारण २५ जनाको मृत्यु

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

चिनियाँ राष्ट्रपति र स्पेनिस प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो। 

इन्धन अभावमा पुस्तकालयका किताब जलाएर खाना पकाउँछन् प्यालेस्टिनी

युद्धले क्षतविक्षत गाजा विश्वविद्यालय विस्थापित प्यालेस्टिनीका लागि आश्रयस्थल बनेको छ भने पुस्तकालयका किताब खाना पकाउने इन्धन बनेका छन्।

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा १०० भन्दा धेरै मानिसको मृत्यु

राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्।