AnonymousUser

Logout

इराक र सिरियामा टर्कीको आक्रमण

टर्की सरकारले बुधबार राति इराक र सिरियामा रहेको कुर्दिश चरमपन्थी संगठन पीकेकेको स्थानमा आफ्नो सेनाले आक्रमण गरेको जनाएको छ।

उत्तर कोरियाले अक्टोबरमा ३ हजार सेना रुस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाको वोनसनबाट सेना रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको अमेरिकाले जनाएको छ।

बांग्लादेशमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन, राष्ट्रपति भवन कब्जा

मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।

भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।

रुसी आक्रमणपछि युक्रेनको जनसंख्या १ करोडले घट्यो : राष्ट्रसंघ

युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ। 

लेबनानको अलसाहेल अस्पतालमुनि अर्बाैंको सुन र नगद रहेको इजरायली सेनाको खुलासा

पछिल्लो समय इजरायलले हिजबुल्लाहका आर्थिक लक्ष्यकेन्द्रित हमला गरिरहेको छ।

सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग

दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ।

म्यानमारमा डुंगा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता

डुंगामा अधिकांश विद्यार्थी सवार थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।

क्रान्तिपछिका विरोधहरूले बांग्लादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखेका थिए।

लेबनानबाट इजरायली प्रधानमन्त्रीको निवासलक्षित ड्रोन आक्रमण

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणा

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ। इजरायलले भने हालसम्म घटनाको  जिम्मेवारी लिएको छैन।

ब्राजिलमा हुने जी२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

युक्रेनी बालबालिकाको गैरकानूनी निर्वासनका कारण आइसीसीले गत वर्ष पुटिनको गिरफ्तारीको लागि पक्राउ पुर्जी जारी गरेको थियो।

इजरायली आक्रमणमा हमासका नेता सिन्वारको मृत्यु, यस्तो थियो उनको पृष्ठभूमि

सिन्वारले त्यसबेला आफ्नो सुरक्षाका लागि कुनै बन्धकलाई ढालको रूपमा प्रयोग नगरेको देखिनुलाई उनको सुरक्षामा खटिएका हमास कार्यकर्ता सबै मारिएका हुनसक्ने इजरायली सेनाले जनाएको छ।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु

नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।

एलन मस्कले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई दिए १० अर्ब रुपैयाँ

मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा सो रकम सहयोग गरेका हुन्।

गाजामा मानवीय सहायता नबढाए इजरायलबाट सैन्य सहयोग कटाैती गर्ने अमेरिकाको चेतावनी

इजरायलले गाजामा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको अमेरिकाले इजरायललाई पठाएको पत्रमा उल्लेख छ।

उत्तरी लेबनानमा घातक इजरायली आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’को माग गरेको छ।

लेबनानमा रहेका शान्तिसेनामाथिको इजरायली आक्रमण ‘अस्वीकार्य’ : ईयू

युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक घाइते हुने गरी भएका इजरायली आक्रमणको निन्दा गरेका छन्।

डारोन, साइमन र जेम्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।