नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो।
जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।
दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।
शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।
राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।
प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
गार्जियन मिडिया समूह (जीएमजी)ले टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार ‘द अब्जर्भर’ बेच्न सहमत भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुरुष सैनिक भर्ना उमेर यसै वर्ष २७ बाट २५ वर्षमा झारेका थिए। अझै घटाउने अनुरोध भने उनले अस्वीकार गरेका हुन्।
फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्।
दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।
बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफले जनाएको छ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षी दलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।
कम्बोडियाको अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।
विभिन्न राज्यमा सत्तारुढ दलका लागि चुनाव जित्ने अस्त्र भइरहेको महिलालाई नगद बाँड्ने योजना विस्तारै भारतभरि फैलिरहेको छ। कतै ‘मैयाँ सम्मान’, कतै ‘लाडकी बहीण’ त कतै ‘लाडली बहना’को नाममा नगद बाँडिन्छ।
कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा विश्लेषण गर्न सघाउने अपेक्षा गरिएको छ।
अमेरिकाले चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूह पनि प्रभावित हुने छ।
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।