AnonymousUser

Logout

विज्ञ भन्छन्– रुसको नयाँ आणविक नीतिले अनिश्चितता थप्यो

युक्रेनले पहिलोपटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ।

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई सहयोग गरेको भन्दै ईयू र अमेरिकाद्वारा विरोध

भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक शुरू भएसँगै ईयूका देश र अमेरिकाले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्।

युद्ध कसले जित्छ भन्ने सन् २०२५ मा निश्चित हुने जेलेन्स्कीको भनाइ, पुटिनले गरे नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर 

पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको अनुमोदन युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिन तथा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने निर्णयपछि आएको हो।

इजरायली आक्रमणबाट लेबनानमा २ महिनामा २०० भन्दा बढी बालबालिकाको मृत्यु

युनिसेफका प्रवक्ता जेम्स एल्डरले लेबनानमा घरबारविहीन भएका लाखौँ बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा कष्टकर अवस्थामा रहेको बताए।

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द

सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ।

अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, यसकारण प्रिय बन्यो इजरायल

अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए। चुनावी अभियानका क्रममा ट्रम्पले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।

कार्यकालको अन्त्यमा बाइडेनको ठूलो निर्णयः रुसमा लामो दुरीका मिसाइल आक्रमण गर्न युक्रेनलाई दिए अनुमति

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्।

रुसले गर्‍यो युक्रेनी ऊर्जा पूर्वाधारलक्षित भीषण मिसाइल र ड्रोन आक्रमण

युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।

‘कूटनीतिक माध्यम’बाट युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

डढेलोको जोखिमका कारण अस्ट्रेलियाका शहरहरू खाली गर्न आदेश

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।

भारतको अस्पतालमा आगलागी: १० जना नवजात शिशुको मृत्यु, १६ गम्भीर

शुक्रबार राति करिब साढे १० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो।

श्रीलंकाको मध्यावधि निर्वाचनमा वाम गठबन्धनलाई बहुमत

अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा वाम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

पाकिस्तानमा विषाक्त धुवाँका कारण १५ हजारभन्दा बढीमा श्वासप्रश्वासजन्य संक्रमण

विषाक्त धुवाँ फैलिँदा लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।

श्रीलंकामा निर्वाचन, संसदमा बहुमत खोज्दै राष्ट्रपति दिसानायके

गत सेप्टेम्बरमा आफू राष्ट्रपति भएको भोलिपल्टै दिसानायकेले संसद विघटन गरेका थिए। संसदमा आफ्नो दलको ३ सिट मात्र रहेकामा यस पटक उनी बहुमत चाहन्छन्।

ट्रम्प र बाइडेनबीच भेटवार्ता, शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गरिने

भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्त्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानमा बस दुर्घटना, १४ जनाको मृत्यु

बसमा सवार २५ जनामध्ये बुधबार बिहानसम्म १४ जनाको शव निकालिएको र १० जना अझै हराइरहेको प्रहरीले जनाएको छ।

गाजामा इजरायली आक्रमणको निन्दा, इरानको पक्षमा उभिए मोहम्मद बिन सलमान

विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।

भारतको न्यायालयमा नातावादको चर्चा के हो, किन भइरहन्छ?

भारतमा बाबुछोरा, काकाभतिजा न्यायाधीश भएका धेरै उदाहरण छन्। त्यहाँ उखानै बनाइएको छ– ‘जजका बेटा जज ही बनेगा।’ भारतका ५१औँ प्रधानन्यायाधीश बनेका सञ्जीव खन्नामाथि पनि नातावादको प्रश्न उठेको छ।

इरान ‘खतरा’ बारे ट्रम्पसँग फेरि कुरा गरेको नेतान्याहुको भनाइ

इजरायली प्रधानमन्त्री नेतान्याहुले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेका छन्।

ट्रम्प प्रशासनका सम्भावित अनुहार 

व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने 'चिफ अफ स्टाफ' पदमा ट्रम्पले सुजी वाइल्सलाई नियुक्त गरिसकेका छन्।