हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।
जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।
युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।
भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।
भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ३२ विमानस्थलमा उडान सेवा स्थगित गरेको छ।
मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।
पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।
अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।
हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।
प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।
भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव,आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ।
ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।
नयाँ नेतृत्वबाट जर्मनीमा दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्।
इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रलाई शतप्रतिशत कर लगाउने प्रक्रिया शीघ्र शुरू गर्न वाणिज्य मन्त्रालयलाई आदेश दिएका छन्।
पोर्चुगलमा एक लाखको हाराहारीमा नेपाली छन्। अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बनेको छ।