AnonymousUser

Logout

भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना

यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।

अमेरिका र इरानबीच आइतबार ओमानमा आणविक वार्ता हुने

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वी देशबाट फिर्ता बोलाउने बताएका थिए।

आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यु घोषणा

लस एन्जलसको जस्तै विरोध प्रदर्शनहरू न्युयोर्क, शिकागो, अस्टिन र वाशिंगटनडीसी लगायत अन्य प्रमुख अमेरिकी शहरहरूमा पनि बढ्दो रूपमा देखा पर्दैछन्।

औसतभन्दा १७ गुणा छिटो पग्लियो ग्रिनल्यान्डको हिउँ

विगत एक महिनामा ग्रिनल्यान्डको बरफको पत्र पग्लिने दर औसतभन्दा १७ गुणाले बढेको पाइएको छ। आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रले रेकर्ड तापक्रम दर्ता गरेका छन्।

पाकिस्तानले २० प्रतिशतले बढायो रक्षा बजेट

भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि पाकिस्तानले रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

अस्ट्रियाको स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु‍

अस्ट्रियामा स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने धेरै विद्यार्थी र शिक्षक गम्भीर घाइते भएका छन्।

हमासको गाजा प्रमुख सिनवारको शव भेटिएको इजरायलको भनाइ

इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

मानवीय सहायता लिए गाजा जाँदै गरेको जहाजलाई रोक्न इजरायलले सेनालाई दियो आदेश

इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा जाँदै गरेको जहाजलाई रोक्न सेनालाई आदेश दिएको छ। जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।

लस एन्जलसमा आप्रवासीको विरोधपछि ट्रम्पले पठाए नेसनल गार्ड

आप्रवासीसम्बन्धी नियम कार्यान्वयनका क्रममा भएको विरोधलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसका सडकमा दुई हजार राष्ट्रिय गार्डका सैनिक तैनाथ गर्न आदेश दिएका छन्।

कोलम्बियामा राष्ट्रपतिका उम्मेद्वारमाथि गोली प्रहार

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै टिप्पणी गरेका छन्। मस्कले राष्ट्रपति ट्रम्पको प्रस्तावित खर्च विधेयकको आलोचना गरेपछि विवाद चर्किएको थियो।

म्यानमारले गर्‍यो श्रमिक अधिकारसम्बन्धी राष्ट्रसंघीय प्रस्ताव खारेज

सन् २०२३ मा गरिएको राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनले म्यानमारको सेनालाई श्रममा जबरजस्ती प्रयोग नगर्न र श्रमिक संगठनकर्मीमाथिको हिंसा तुरुन्त रोक्न आग्रह गरेको थियो।

हार्वर्डमा विदेशी विद्यार्थी प्रतिबन्ध गर्ने ट्रम्पको निर्णयमा अदालतको अस्थायी रोक

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ।

न्युजिल्यान्डको संसदमा हाका नाच्ने ३ माओरी सांसद निलम्बित

माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए।

आरसीबीको जितको उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

भारतको बैंगलोरस्थित चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन्।

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता– उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’

मध्यावधि निर्वाचनमा ली जे–म्युङले पूर्व राष्ट्रपति युन सुक योलको पूर्वपार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका हुन्।

जापानमा जन्मदर घट्दो, गत वर्ष ७ लाखभन्दा कम शिशुको जन्म

जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१ हजार २२७ ले कम हो।

गाजाको सहायतास्थल वरपरका आक्रमणलाई संयुक्त राष्ट्रसंघले भन्यो– ‘युद्ध अपराध’

संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा सहायता वितरणस्थल वरपर सर्वसाधारणमाथि भएका ‘घातक आक्रमण’बाट अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ र ‘युद्ध अपराध’ भएको बताएको छ।

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान जारी

कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ। 

युक्रेनको आक्रमणपछि रुसले गर्‍यो जापोरिजियामा बिजुली कटौती

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।