AnonymousUser

Logout

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।

ट्रम्पको सहायता कटौतीले १ करोड ४० लाख मानिसको मृत्यु हुनसक्छ: अध्ययन

ट्रम्प प्रशासनको ‍विदेशी सहायता कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले प्रक्षेपण गरेको छ।

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा सिनावात्रामाथि छानबिन शुरू गर्दै निलम्बन गरेको छ।

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

हैदराबादबाट करिब ५० किलोमिटर टाढास्थित एक औषधि कारखानामा सोमबार विस्फोटपछि आगलागी भएको थियो। विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जनाइएको छ।

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

रुससँग जारी युद्धका बीच युक्रेनी राष्ट्रपतिले लिए यो ठूलो निर्णय

युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।

ट्रम्पको स्टिल करले अमेरिकी कारखानामा सामान अभाव

ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।

भारतको उडिसामा रथ महोत्सवमा भागदौड हुँदा ३ जनाको मृत्यु

भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

बाढीले बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि अवरुद्ध बनेको छ।

थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा

कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

फ्रान्समा सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध

फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ। ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन्।

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह: विश्व बैंक 

असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी राजनीतिमा ल्याएको तरंग

न्युयोर्कमा आगामी नोभेम्बरमा मेयरको चुनाव हुँदा डेमोक्‍य्राटिक पार्टीबाट इजरायली प्रधानमन्त्री नेतन्याहुका कट्टर विरोधी तथा मुस्लिम समुदायका ममदानी उम्मेदवार हुने छन्।

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् भने भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन्।

अमेरिकी अर्थतन्त्र : पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी गिरावट

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा ०.५ प्रतिशतले संकुचित भएको छ।

उत्तर कोरियाले रुसमा थप सेना पठाउने सियोलको दाबी

दक्षिण कोरियाली गुप्तचर निकायको आकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको शुरूमा हुन सक्छ’।

न्युयोर्कको मेयरमा ३३ वर्षीय ममदानीको चर्चा

यदि ममदानीले नोभेम्बरमा हुने चुनाव जिते भने उनी अमेरिकाको ठूलो शहर न्युयोर्कको पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मूलको मेयर बन्नेछन्।

धार्मिक उत्सवमा गोली चल्दा मेक्सिकोमा ११ जनाको मृत्यु

मेक्सिकोको गुआनाजुआटो राज्य आपराधिक समूहहरू बीचको निरन्तर युद्धका कारण  सबैभन्दा हिंसात्मक राज्यहरूमध्ये एक बनेको छ।

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको बताइएको छ।

दक्षिणपश्चिम चीनमा बाढी, ८० हजारभन्दा बढी मानिस विस्थापित

चीनले चरम गर्मीको सामना गरिरहेको छ। गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।