डब्लूएचओले तान्जानियाका छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमणको व्यवस्थापनका लागि तयार रहनसमेत आग्रह गरेको छ।
बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।
राष्ट्रपति युनले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। तर यसको विरोध भएपछि केही घण्टापछि फिर्ता लिएका थिए।
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी भित्री क्षेत्रबाट प्रहार गरिएको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानको सीमा क्षेत्रस्थित समुद्रमा अवतरण गर्नुअघि लगभग २५० किलोमिटर उडेको दक्षिण कोरियाले जनाएको छ।
लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।
यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।
पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा आएको छ।
लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।
शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।
दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त जेजु एयरको विमानको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको पाइएको जनाएको छ।
जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।
अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रुसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ देखिएको युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले जनाएको छ।
आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिक परिचालन गर्ने तयारी भइरहेको अधिकारीले बताएका छन्।
तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार गएको भूकम्पपछि बिहीबार अपराह्नसम्म कुल एक हजार २११ वटा परकम्प गएको छ।
डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।
गत वर्षको क्रोकस सिटी हल आतंकवादी आक्रमणपछि रुसले आप्रवासन नीतिहरू कडा पारेको छ।
सन् २०२३ मा इरानमा कम्तीमा ८५३ जनालाई मृत्युदण्ड दिइएको थियो। गत डिसेम्बरको एकै हप्तामा ४० जनालाई मृत्युदण्ड दिएको छ।
तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ भने अन्य १८८ जना घाइते भएका छन्।
भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।