ब्लूएमओको प्रतिवेदनअनुसार बालुवा र धुलोको आँधीले विश्वका १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको छ भने हरेक वर्ष ७० लाख मानिसको श्वासप्रश्वास र मुटुसम्बन्धी रोगबाट अकाल मृत्यु हुने गरेको छ।
ट्रम्पले क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० देखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।
एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले उडानकै क्रममा दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको खुलासा गरेको छ।
क्यानडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने लक्ष्यसहित वार्ता गरिरहेका छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा प्रभावित हुने भएको छ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम र शान्ति सेनाको तयारीका लागि रुसमाथि थप दबाब बढाउने नयाँ योजना सार्वजनिक गरेका छन्।
दक्षिण कोरियाको अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योललाई डिसेम्बरको मार्सल लसम्बन्धी प्रमाण नष्ट गर्ने जोखिम रहेका भन्दै नयाँ गिरफ्तारीका लागि अनुमति दिएको छ।
चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्याएका छन्।
मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
टेक्सासमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या सोमबार १०० भन्दा बढी पुगेको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।
पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणअघि गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुनः शुरू हुने अपेक्षा गरिएको छ।
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ भने उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।
पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।
अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य २३ जना बालिका सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रुसले युक्रेनसँग कूटनीतिक समाधानको सम्भावना नरहेको बताउँदै किभमा हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण थालेको छ।
२०२१ मा सत्तामा फर्किएदेखि मानव अधिकार उल्लंघन बढ्दै गएको रिपोर्टहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजिरहेको छ।
रुसको कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा रुसी नौसेनाका उपप्रमुख मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ।
उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।