AnonymousUser

Logout

बेलायतमा ३ व्यक्तिको डीएनएबाट जन्मिए आनुवंशिक रोगमुक्त ८ शिशु

बेलायतमा ३ जनाको डीएनएबाट जन्मिएका ८ शिशु वंशाणुगत माइटोकोन्ड्रियाल रोगमुक्त भएको चिकित्सकले बताएका छन्। यो डीएनए छोरीबाट सन्तानमा सर्ने भएकाले यसलाई मानव आनुवंशिक बनावटमा स्थायी परिवर्तन मानिएको छ।

इजरायलद्वारा सिरियाली सेनाको मुख्यालयमा आक्रमण

सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको रक्षा मन्त्रालय नजिकै आक्रमण गरेको हो।

इजराय–हमास युद्ध: सम्भावित कारबाहीबारे ईयूका परराष्ट्रमन्त्रीबीच छलफल

गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्।

युक्रेनलाई अमेरिकाले हतियार दिने, रुसविरुद्ध भने कर लगाउने धम्की

ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका छन्।

पाकिस्तानमा मनसुनी विपद‍्बाट १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

पाकिस्तानमा जुनको अन्त्यदेखि शुरू भएको मनसुनका कारण देशभर ५३ जना बालबालिकासहित १११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

चीनको निर्यात पूर्वानुमानभन्दा बढी, अमेरिकातर्फको व्यापारमा सुधार

कर घटाउने सम्झौता र व्यापार युद्धविरामपछि जुनमा चीनको अमेरिकातर्फ निर्यात पूर्वानुमानभन्दा बढी भयो। यद्यपि, विज्ञहरूले आगामी दिनमा निर्यात वृद्धि सुस्त हुने अनुमान गरेका छन्।

भारतमा आँप बोकेको लरी पल्टिँदा ९ जनाको मृत्यु, ११ घाइते

प्रहरीले ओभरलोडिङलाई दुर्घटनाको कारण बताएको छ भने चालकले विपरीत दिशाबाट आएको कारबाट जोगिन खोज्दा लरी अनियन्त्रित भएको बयान दिएका छन्।

इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते

इजरायलले गत जुनमा इरानी राष्ट्रपति मसूद पेजेश्कियान र अन्य अधिकारीहरूमाथि गरेको हत्या प्रयासको बारेमा थप विवरणहरू बाहिर आएका छन्।

बालुवा र धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकालमा मृत्यु: राष्ट्रसंघ

ब्लूएमओको प्रतिवेदनअनुसार बालुवा र धुलोको आँधीले विश्वका १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको छ भने हरेक वर्ष ७० लाख मानिसको श्वासप्रश्वास र मुटुसम्बन्धी रोगबाट अकाल मृत्यु हुने गरेको छ।

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

ट्रम्पले क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० देखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।

के छ एयर इन्डिया विमान दुर्घटनाबारेको प्रारम्भिक प्रतिवेदनमा?

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले उडानकै क्रममा दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको खुलासा गरेको छ।

अगस्टदेखि क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

क्यानडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने लक्ष्यसहित वार्ता गरिरहेका छन्, तर पछिल्लो धम्कीले त्यो समयसीमा प्रभावित हुने भएको छ।

स्टार्मर र म्याक्रोँले सार्वजनिक गरे युक्रेनको सहयोगका लागि नयाँ योजना

बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम र शान्ति सेनाको तयारीका लागि रुसमाथि थप दबाब बढाउने नयाँ योजना सार्वजनिक गरेका छन्।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको गिरफ्तारी अदालतद्वारा अनुमोदन

दक्षिण कोरियाको अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योललाई डिसेम्बरको मार्सल लसम्बन्धी प्रमाण नष्ट गर्ने जोखिम रहेका भन्दै नयाँ गिरफ्तारीका लागि अनुमति दिएको छ।

चीनको पाँचवर्षे योजना: हरित विकास प्राथमिकतामा

चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्‍याएका छन्।

अमेरिकाको टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

टेक्सासमा बाढी: मृतकको संख्या १०० नाघ्यो, उद्धार र खोजी कार्य जारी

टेक्सासमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या सोमबार १०० भन्दा बढी पुगेको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ।

ट्रम्पको कर चेतावनीपछि चीनको जवाफ: ब्रिक्सले ‘टकराब’ खोजिरहेको छैन

अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।

टेक्सासमा बाढीमा परी मृत्यु हुनेको संख्या ८२ पुग्यो, ट्रम्पले के भने?

पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।