AnonymousUser

Logout

अमेरिकामा अवैध रूपमा बसेका आफ्ना नागरिक फर्काउन भारत तयार

भारतीय विदेशमन्त्री जयशंकरले नयाँ दिल्ली कागजातविहीन भारतीयलाई फिर्ता लिन तयार रहेको र अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारत फर्काउन प्रमाणीकरणको प्रक्रियामा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु निकायलाई सघाउने ब्लुमबर्गको घोषणा

सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेपछि ब्लुमबर्गले यूएनएफसीसीसीलाई १ करोड ५० लाख डलर दिने वाचा गरेका थिए। 

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु, दर्जनाैँ घाइते

यात्रुहरूमाझ रेलमा आगलागी भएको हल्ला फैलिएपछि चेन पुलिङ गरेर ट्रेन रोकेर धेरै यात्रु रेलबाट ओर्लिएका थिए। त्यहीबेला अर्को ट्र्याकमा आएको रेलले यात्रुहरूलाई ठक्कर दिएको हो।

नाइजेरियामा पेट्रोल ट्यांङर विस्फोट: मृत्यु हुनेको संख्या ९८ पुग्यो

उत्तरमध्य नाइजर राज्यको व्यस्त सडकमा ट्यांकर पल्टिएको थियो। त्यसपछि मानिसहरूले पेट्रोल निकाल्ने क्रममा विस्फोट भएको थियो। 

डब्लूएचओबाट फिर्ता हुने आदेशमा ट्रम्पको हस्ताक्षर, समर्थन जारी राख्ने चीनको वाचा

विज्ञले डब्लूएओबाट फिर्ता हुँदा अमेरिकाले महामारी निगरानी तथ्यांकमाथि प्राप्त विशेषाधिकार पहुँच गुमाउने हुनाले विदेशबाट आउने स्वास्थ्य खतराको निगरानी र रोकथाम क्षमता कमजोर बन्ने चेतावनी दिएका छन्।

अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा ट्रम्पले लिए शपथ

वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटलमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई शपथ गराए। 

कलकत्तामा चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर व्यक्तिलाई आजीवन कारावास

कलकत्तामा चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

राष्ट्रपतिको शपथ लिनुअघि आयोजित र्‍यालीमा डोनाल्ड ट्रम्पले के भने?

बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।

हमासले सार्वजनिक गर्‍यो आइतबार रिहा हुने ३ बन्धकको नाम

रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।

गाजामा युद्धविराम शुरू, स्थायी शान्तिको प्रयासमा एक खुड्किलो

गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ। इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन्।

कलकत्तामा चिकित्सकको बलात्कार र हत्या प्रकरणमा अस्पतालका स्वयंसेवक दोषी ठहर

कलकत्तास्थित सरकारी अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा अदालतले अस्पतालका नागरिक स्वयंसेवक सञ्जय रोयलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासले यो मुद्दामा सोमबार सजाय सुनाइने बताए।

इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ।

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ।

गाजामा युद्धविराम गर्ने सम्झौता इजरायली मन्त्रिपरिषद्‍बाट अनुमोदन

सम्झौता आइतबारदेखि लागू हुनेछ। १५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो।

३ वर्षयता लगातार घट्दै चीनको जनसंख्या

‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’का अनुसार सन् २०३५ सम्ममा चीनको कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको मानिसको हुनेछ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय

अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो।

विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै रुस र इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि रुस र इरानबीच सम्झौता हुन लागेको हो।

अन्तरिक्षमा २ उपग्रह ‘डक’ गरेर भारतले कायम गर्‍यो नयाँ कीर्तिमान

इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका बलिउड अभिनेता सैफ अली खान खतरामुक्त

खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकलाई आवश्यक मानवीय सहयोग बढाउने र बन्धकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।