AnonymousUser

Logout

राष्ट्रसंघमा काम नगर्न अफगानिस्तानका महिला कर्मचारीलाई तालिवानको निर्देशन

तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।

भारतको सर्वोच्च अदालतले दियो भर्चुअल माध्यमबाट बहस गर्ने छुट

कोरोना संक्रमण बढ्न थालेपछि सावधानी अपनाउन भन्दै सर्वोच्च अदालतले वकिलहरूलाई भर्चुअल बहस गर्ने स्वतन्त्रता दिएको छ।

भारतमा ट्विटरले मोदी सरकारका आलोचकहरूको अकाउन्ट बन्द गरेको आरोप

ट्विटरले क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, कतिपय भारतीय पत्रकार र सांसदहरूसहित १२० जनभन्दा बढीको ट्विटर अकाउन्ट ब्लक गरेको छ।

ट्रम्पको अर्को सुनुवाइ ८ महिनापछि, के भयो अदालतमा?

अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए। त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए।

पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोपमा डोनाल्ड ट्रम्प पक्राउ 

ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्वराष्ट्रपति बनेका छन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन। 

युकेमा बालबालिकाको तथ्यांक दुरुपयोगमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना

बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।

अदालतमा हाजिर हुन ट्रम्प न्युयोर्क पुगे

अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।

नेटोको ३१औँ सदस्य बन्दै फिनल्यान्ड

नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ। 

मलेसियामा मृत्युदण्डको सजाय अनिवार्य नहुने

मलेसियाको तल्लो सदनबाट मृत्युदण्डको विकल्पमा आजीवन कारावासको सजाय दिने गरी विधेयक पारित भएको छ।

जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले दिए पुनरावेदन

मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

म्याकडोनाल्डका सबै अमेरिकी कार्यालय तीन दिनका लागि बन्द, कर्मचारी कटौतीको तयारी 

विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।

जापानी संगीतकार रियोइची साकामोतोको निधन

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।

युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु

बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ।

अफ्रिकी देशहरूमा चिनियाँ ऋण चिन्ताको विषय बनेको छ : विश्व बैंकका अध्यक्ष

विश्व बैंकको अध्यक्ष डेभिड मालपासले अफ्रिकी देशलाई चीनले उपलब्ध गराएको ऋण चासो विषय बनिरहेको बताएका छन्।

अमेरिकामा आँधीको वितण्डा, २६ जनाको मृत्यु

आँधीका कारण अमेरिकाका भर्जिनिया, ओहायो र पेन्सलभेनिया राज्य सबैभन्दा बढी प्रभावित भएका छन्। 

भल्कन फाइल्स : पुटिनको विश्वव्यापी र आन्तरिक साइबरयुद्ध रणनीतिको खुलासा

हजारौँ पृष्ठ लामो गोप्य दस्ताबेजले रुसी सरकारलाई ह्याकिङका माध्यमबाट संरचनाहरूमा आक्रमण गर्न, भ्रम फैलाउन र इन्टरनेट नियन्त्रण गर्न भल्कनका इन्जिनियरले कसरी सघाइरहेका छन् भन्ने खुलासा गरिदिएको छ।

कपाल नढाकेको भन्दै इरानमा २ महिला पक्राउ

शनिबार इरानी राष्टपति इब्राहिम रहिसीले ‘धार्मिक आवश्यकता’का कारण महिलाले हिजाब लगाउनु अनिवार्य रहेको बताएका थिए।

पाकिस्तान–इरान सीमामा ४ पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानी विदेश मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न इरान सरकारसँग माग गरेको छ।

मध्यअमेरिकामा आँधीका कारण १० जनाको मृत्यु

मध्यअमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १० जनाको ज्यान गएको छ। मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन्।