AnonymousUser

Logout

सीसीपीको महाधिवेशन हलबाट पूर्वराष्ट्रपति हु जिन्ताओ निकालिए [भिडियो]

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को महाधिवेशन चलिरहँदा चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ बैठकबाट निकालिएका छन्।

बेलायतको प्रधानमन्त्रीमा बोरिस जोनसनसहित तीन दाबेदार

बेलायतको प्रधानमन्त्रीको दौडमा पूर्वप्रधानमन्त्री बोरिस जोनसन, ऋषि सुनाक र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने

पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन आयोग्य ठहर गरेको छ।

बेलायतकी प्रधानमन्त्री ट्रसले गरिन् राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले पदभार ग्रहण गरेको ६ हप्तामै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

दिल्लीमा पटका उत्पादन, भण्डारण र बिक्री गर्नेलाई ३ वर्ष कैद

दिल्लीमा पटका उत्पादन गर्ने, भण्डारण गर्ने र बेच्नेलाई ३ वर्षसम्मको कैद सजाय र ५ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने भएको छ। त्यस्तै, पटका पड्काउनेलाई पनि ६ महिना कैद तोकिएको छ।

रुसले अतिक्रमण गरेका युक्रेनी भूमिमा सैन्य कानून लागू

सैन्य कानून लागू हुँदा कर्फ्यू लाग्नुका साथै नागरिकको घर तथा सम्पत्ति जफत् गर्ने र स्रोत परिचालन गर्ने अधिकारसमेत सेनालाई हुन्छ।

पुलित्जर विजेता कश्मिरी पत्रकार सनालाई विदेश भ्रमणमा रोक

भारतले प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता कश्मिरी फोटो पत्रकार सना इर्शाद मातोलाई देशबाहिर जान रोकेको छ।

भारतीय कंग्रेसको अध्यक्ष निर्वाचित मल्लिकार्जुन खड्गे को हुन्?

भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८२५ मतान्तरले हराए।

इजरायल र प्यालेस्टाइन द्वन्द्वको नालीबेली

इजरायल र प्यालेस्टाइनको द्वन्द्वले मध्यपूर्वमा चीर अशान्ति छ। दुई देशबीचको युद्ध र विवाद मत्थर हुनुको साटो झन् चर्किँदो देखिन्छ।

रुसी लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि दुई जना पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।

युगान्डामा इबोला महामारीपछि लकडाउन घोषणा

सेप्टेम्बरमा इबोला महामारी शुरू भएयता त्यहाँ २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।

सीले गरे शून्य कोभिड नीतिको बचाउ

सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे। 

इरानको इभिन जेलमा आगलागी, ४ जनाको मृत्यु

विभिन्न मुलुकले जेलमा रहेका आफ्ना नागरिकको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएको छ भने बेलायतले घटनालाई चिन्ताजनक भनेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव र सी चिनफिङको शक्ति

सीपीसी राष्ट्रपति सीको शक्ति बिस्तार गर्न चाहन्छ। ६९ वर्षीय सीलाई जीवनभर शक्तिमा रहने बाटो खोलिदिने सम्भावनासमेत उत्तिकै छ।

युक्रेनमा अत्याधुनिक हतियार पठाउने नेटोमा आवद्ध देशहरूको घोषणा

युक्रेनलाई हतियार सहयोग गरे युद्धमा सहभागी भएको मान्ने भन्दै हतियार नपठाउन पश्चिमा मुलुकहरूलाई रुसले चेतावनी दिँदै आएको छ।

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

जी सेभेन राष्ट्रले युक्रेनलाई आवश्यक पर्दासम्म आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानूनी सहायता गर्ने प्रतिबद्धता जनाएका छन्।

आङ सान सुचीलाई २६ वर्षको जेल सजाय By उकालो 12 October 2022

भ्रष्टाचार,गोप्य सूचना चुहावट र देशद्रोहको आरोपमा सेनाले सुचीविरुद्ध दर्जनौँ मुद्दा चलाइरहेको छ। सेनाले नियन्त्रणमा लिएदेखि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन।

भेनेजुएलामा पहिरोमा पुरिएर ३६ जनाको मृत्यु, ५६ बेपत्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

मध्य अमेरिकामा आँधीको वित‌ण्डा, २८ जनाको मृत्यु

मंगलबारदेखि दक्षिणी क्षेत्रतर्फ प्रवेश गर्ने भनिएको आँधीले बाढी र भूक्षय गराउनसक्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रको अनुमान छ।

इन्डोनेसियाको कन्जुरुहान रंगशालामा भागदौड मच्चिँदा १७४ जनाकाे मृत्यु

राष्ट्रपति जोको विडोडोले घटनाको अनुसन्धान नसकिँदासम्म इन्डोनेसियामा प्रमुख लिगका कुनै पनि प्रतिस्पर्धा नगराउन निर्देशन दिएका छन्।