सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्।
गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।
बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।
म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।
दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।
सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।
इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।
फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।
एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।
चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।
साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।
राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।
सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।
भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।
ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।
चीनमा भएको उच्चस्तरीय वार्तामा इरान र साउदीका विदेशमन्त्रीबीच पुनः दूतावास र कन्सुलर कार्यालय खोल्ने सहमति भएको छ।
ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।