AnonymousUser

Logout

एसिया–प्यासिफिक सम्झौतामा बेलायतको प्रवेश, खुला व्यापारको पहुँच बिस्तार हुने अपेक्षा

ब्रेक्जिटपछि विश्वसँगको व्यापार बिस्तारमा यो सम्झौता बेलायतका लागि महत्त्वपूर्ण मानिएको छ।

ट्रम्पमाथि फौजदारी अभियोग, पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोप

ट्रम्प फौजदारी अभियोग लाग्ने  पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्। आफू निर्दोष रहेको र अभियोग लागे पनि राष्ट्रपतिको उम्मेदवारबाट पछि नहट्ने ट्रम्पको भनाइ छ।

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार रुसी प्रहरीको नियन्त्रणमा

रुसी प्रहरीले जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार अमेरिकी नागरिक इभान गेर्शकोभिचलाई नियन्त्रणमा लिएको छ।

अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकाको केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिक दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन्।

गुगलले १ महिनाभित्र भारत सरकारलाई १६ करोड डलर जरिबाना तिर्नुपर्ने

प्रतिस्पर्धा कानूनअन्तर्गत गुगललाई १६ करोड अमेरिकी डलर जरिबाना तिराउने तल्लो अदालतको फैसला भारतको उच्च अदालतले सदर गरिदिएको छ।

चीनको चेतावनी बेवास्ता गर्दै ताइवानी राष्ट्रपति अमेरिकामा

ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो। 

राहदानी विभागको टोली पोर्चुगलमा, १ महिनासम्म सेवा दिने

टोलीले राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, नष्ट भएका र पोर्चुगलमा जन्मेका नाबालिक नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने बताइएको छ। 

रुसले शुरू गर्‍यो यार्स अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र अभ्यास

शक्तिशाली हतियार र आणविक क्षमता बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टोपोल प्रणालीलाई प्रतिस्थापन गरि यार्स क्षेप्यास्त्र प्रणाली बिस्तार गर्ने लक्ष्य लिएका छन्।

अमेरिकी सभामुखसँग नभेट्न ताइवानकी राष्ट्रपतिलाई चीनको चेतावनी

ताइवानकी राष्ट्रपति साईले ताइवानलाई अन्तर्राष्ट्रिय समुदायसँग घुलमिल हुन कुनै बाहिरी दबाबले फरक नपर्ने बताएकी छन्। ताइवानले स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्ने उनको भनाइ छ।

एआईले प्रतिस्थापन गर्नसक्छ ३० करोड रोजगारी : अध्ययन

एआईले प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत, कानूनी क्षेत्रमा ४४ प्रतिशत, निर्माणमा ६ र मर्मत सम्भारको क्षेत्रमा ४ प्रतिशत प्रभाव पार्ने अध्ययनले औँल्याएको छ।

म्यानमारमा सुचीको पार्टी एनएलडीको दर्ता खारेज

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।

मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको मृत्यु

६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।

जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

शक्तिशाली आणविक हतियार बनाउन किम जोन उनले दिए विज्ञहरूलाई निर्देशन

उत्तर कोरियाली राष्ट्रपति किमले अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव रोक्न र मुलुकको सुरक्षाका लागि शक्तिशाली आणविक हतियार बनाउनुपर्नेमा जोड दिएका छन्।

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु 

अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि सुरक्षाकर्मीको उनी पनि मारिएको प्रहरीले जनाएको छ। 

अस्ट्रेलिया र न्युजिल्यान्डमा ७९ लाख ड्राइभिङ लाइसेन्सको तथ्यांक चोरी

साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।

चीनको एक विद्यालयमा देखिए ज्याक मा

सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेलगत्तै ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्।

‘राम सेतु’मा पर्खाल निर्माण गरी दर्शन खुला गर्न भारतीय सर्वाेच्च अदालतमा रिट

भारतीय सर्वोच्च अदालतमा अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन्।

इजरायलमा न्यायिक सुधार योजनाको विरोधमा प्रदर्शन

इजरायलली सरकारले अघि सारेको न्यायिक सुधारसम्बन्धी विद्येयकको विपक्षमा उभिएका रक्षामन्त्री योअव ग्यालेन्टलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बर्खास्त गरेपछि प्रदर्शन चर्किएको छ।

हङकङमा सुरक्षा कानून लागू भएयता पहिलो पटक विरोध प्रदर्शन

चीनले सन् २०२० को जुनमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेयता पहिलो पटक हङकङमा सडकमा विरोध प्रदर्शन गरिएको छ।