भारतीय सर्वोच्च अदालतको यस आदेशपछि भारतमा उच्च जातका गरिबले पनि आरक्षणमा दाबी गर्न पाउने छन्।
चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि गोली चलेको थियो। उनको खुट्टामा गोली लागेको थियो।
दिल्ली महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको हो।
१९० देशका सरकार प्रमुख र प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको हानिनोक्सानीबारे ठोस प्रगति नभए सम्मेलन शुरू नहुँदै असफल हुने जलवायु विज्ञ र अभियन्ताको चेतावनी छ।
इरानका विदेशमन्त्री हुसेन आमिरले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।
दक्षिण कोरिया र अमेरिकी वायुसेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित २४० विमान समावेश छन्।
भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्दैन, बसपार्कमा मानिसको भीड हुँदैन।
ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिला मजदुरको मृत्यु भएको हो। महिलाहरू काम सकेर घर फर्किंदै थिए।
नेतान्याहुको पार्टीले संसद्मा ३२ सिट जितेको छ भने उनीसँग गठबन्धनमा रहेको दलले १४ सिट जितेको छ। योसँग नेतान्याहु पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्।
उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली प्रहारबाट घाइते भएका छन्।
विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।
प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।
मलावीका २७ मध्ये २२ वटा जिल्लामा हैजाको महामारी छ। रूढीवादी सोचका कारण नागरिकहरू उपचारका लागि अस्पताल नगएको त्यहाँका स्वास्थ्यमन्त्रीको भनाइ छ।
इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।
रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।
गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।