AnonymousUser

Logout

भारतका पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या, ३ जना पक्राउ

शनिबार राती साढे १० बजे टिभीमा लाइभ भइरहेका बेला पत्रकारको कार्ड भिरेर आएका व्यक्तिले गोली हानी पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरेका हुन्।

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, ५६ जना सर्वसाधारणको मृत्यु

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शनिबार राष्ट्रपतिको कार्यालय, विमानस्थल र अन्य महत्त्वपूर्ण संरचना कब्जा गरेपछि दोहोरो भिडन्त शुरू भएको हो। 

विमानस्थल, सेनाको मुख्यालय र राष्ट्रपति भवन नियन्त्रणमा लिएको सुडानको अर्धसैनिक बलको दाबी

सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ।

जापानी प्रधानमन्त्रीमाथि 'स्मोक बम' प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

वाकायामा आयोजित चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको थियो। उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ।

इरानमा फाँसीको सजाय बढ्दै, सरकार ‘किलिङ मेसिन’ बनिरहेको आरोप

इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी चार जनालाई फाँसीको सजाय भयो। थप १०० जना प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने सक्ने भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

पेन्टागनका अति गोप्य दस्ताबेज ‘लिक’ गर्ने सन्दिग्ध पक्राउ, अदालतमा उपस्थित गराइँदै

गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।

हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले १२ वटा छुट्टाछुट्टै कार्यक्रम गरेर यस वर्ष मात्रै ३० वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

म्यानमार सेनाको हवाई आक्रमणको आसियानद्वारा निन्दा, वार्तामार्फत संकट समाधान गर्न माग

सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्। 

चीनमा अल्पसंख्यक उइगरमाथि यातनाः निसन्तान बनाउनेदेखि आतंकवादी स्वीकार गराउनेसम्म

गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।

आईएमएफको प्रक्षेपण : सन् २०२३ मा बेलायती अर्थतन्त्र खराब स्थितिमा रहन्छ


बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।

म्यानमार सेनाको हवाई कारबाहीमा ५३ जनाको मृत्यु, कैयौँ घाइते

म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।

चीनको ताइवानकेन्द्रित अभ्यासलगत्तै अमेरिका–फिलिपिन्सको अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।

अमेरिकाको केन्टकीमा गोली प्रहार हुँदा ५ जनाको मृत्यु, ९ घाइते

सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रणाली बेच्ने

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।

युक्रेनको हवाई सुरक्षा जोखिमबारे पेन्टागनको गोप्य दस्ताबेज सार्वजनिक

फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।

बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएका दलाई लामाले मागे माफी

एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।

चिनियाँ अदालतद्वारा सरकार विरोधी अभियान चलाउने दुई वकिललाई जेल सजायको फैसला

चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।

साउदी र हुथी समूहबीच वार्ता, यमनमा युद्ध विरामको आशा

साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।

इजरायलले बढायो सिरियालक्षित आक्रमण

राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

साईले अमेरिकी सभामुखलाई भेटेपछि चीनले गर्‍यो ताइवानलाई घेरा हाल्दै सैन्य अभ्यास

अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।