अमेरिका विश्वकै सबैभन्दा बढी सैन्य खर्च गर्ने मुलुकका रूपमा रहेको छ। सन् २०२२ मा ८७७ बिलियन डलर खर्च गरेको छ।
सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।
ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।
सुडानको सेना र अर्धसैनिक बलबीच सात दिनयता जारी भिडन्तमा ३५० जनाको मृत्यु भएको छ।
जम्मु–कश्मीरको पुन्च जिल्लामा बिहीबार दिउँसो आतंकवादी समूहले भारतीय सेना चढेको ट्रकमा आक्रमण गरेका थिए।
स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट बिहीबार आफ्नो पहिलो परीक्षण उडानका क्रममा विस्फोट भएको छ।
सुडानमा शनिबारदेखि जारी भिडन्त छैटौँ दिनसम्म पनि जारी छ। द्वन्द्वका कारण खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।
मानहानि मुद्दामा सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि गान्धीले फैसला खारेजीको मागसहित सुरत अदालतमा निवेदन गरेका थिए। जसलाई अदालतले बिहीबार खारेज गरिदिएको छ।
रमदानको दान वितरण कार्यक्रमको भिडमा च्यापिएर उनीहरूको मृत्यु भएको हो।
अत्यधिक तापक्रमका कारण केही स्थानमा मानिसको मृत्यु भएको छ भने केही स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। केही वर्षयता अत्यधिक तापक्रम मापन भइरहेको भारतका लागि यो वर्ष थप खराब रहने विज्ञले जनाएका छन्।
मृतकमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ। ७१ जनाको सकुशल उद्धार गरिएको थियो।
राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) द्वारा बुधबार सार्वजनिक जनसांख्यिक विवरण अनुसार यसवर्षको मध्यसम्म भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख र चीनको १ अर्ब ४२ करोड ५७ लाख हुनेछ।
फक्स न्युजको मानहानि मुद्दा समाप्त भएको भने छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ।
सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा इन्टरपोलले २०३ टन कोकिन र अन्य लागूऔषध बदामद गरेको छ।
सेना र अर्धसैनिक बल दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै सुडानमा हिंसा चर्किएको छ।
युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई पहिलो पटक यति लामो समयका लागि जेल सजाय तोकेको हो।
रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरूको प्रतिबन्ध झेलिरहेको रुस चीनसँगको सम्बन्ध मजबुत पार्नमा केन्द्रित छ।
खार्तुममा शनिबारदेखि जारी भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समुदायले हिंसा स्थायी रूपमै बन्द गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।
पछिल्लो १०० वर्षयता सिड्नी शहर अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको शहरका रूपमा रहँदै आएको थियो। अब भने सो स्थान मेलबर्नले लिएको छ।
जापानको कारुइजावामा जी–सेभेनको विदेशमन्त्री स्तरीय बैठक आइतबारदेखि मंगलबारसम्म चल्ने छ। जापानी प्रधानमन्त्री किशिदाले बैठक अवधिभर सुरक्षा व्यवस्थालाई कडा पारिने प्रतिबद्धता जनाएका छन्।