AnonymousUser

Logout

रुसद्वारा युक्रेनमा श्रृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण

सोमबार रुसले युक्रेनका विभिन्न क्षेत्रमा करिब ६० वटा ड्रोन आक्रमण गरेको थियो। ती सबैलाई ड्रोन हानेर खसालिएको युक्रेनले जनाएको छ। 

श्रीलंकाले गर्‍यो पर्यटनबाट ४ महिनामा करिब ७० करोड डलर आम्दानी

श्रीलंकाको पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिलमा श्रीलंकाले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए।

भारतको केरलमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो

भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ।

भारतको केरलामा पर्यटक सवार डुंगा डुब्दा २१ जनाको मृत्यु

भारतको केरलामा पर्यटक सवार डुंगा आइतबार साँझ पल्टिँदा २१ जनाको मृत्यु भएको छ। मलप्पुरम जिल्लाको तुवलतिरममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।

भियतनामको तापक्रम अहिलेसम्मकै उच्च ४४ डिग्री सेल्सियस

भियतनामलगात त्यस क्षेत्रमा पर्ने थाइल्यान्ड, म्यानमारका विभिन्न ठाउँमा पनि उच्च तापक्रम मापन गरिएको छ। बंगलादेश र भारतका केही स्थानको तापक्रम पनि लगातार बढिरहेको बताइएको छ।

सिरिया १२ वर्षपछि अरब लिगमा सामेल

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले सिरियालाई संगठनबाट निलम्बन गरेको १२ वर्षपछि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सिरियालाई संकटबाट निकाल्न यस्तो कदम चालिएको बताइएको छ।

द्विपक्षीय सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री दक्षिण कोरियाको भ्रमणमा

जापानी प्रधानमन्त्री फुमिओ किशिदा सम्बन्ध सुधारका लागि भन्दै दक्षिण कोरियाको दुई दिने भ्रमणमा निस्किएका छन्।

अमेरिकाको टेक्सासमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

टेक्सासको डालस शहरस्थित सपिङ मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीसमेत मारिएका छन्। 

भारतको मणिपुरमा जातीय हिंसा, ५४ जनाको मृत्यु

मे ३ मा मणिपुर उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्नका लागि १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।

बेलायतका राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर आबीमा पहिरिए राजमुकुट

बेलायतका राजा चार्ल्स तृतीयले लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा राजमुकुट पहिरिएका छन्।

बेलायतमा ७० वर्षपछि राज्याभिषेक

वेस्टमिन्स्टर आबीमा राज्याभिषेक लिने चार्ल्स तृतीय ४०औँ राजा हुनेछन्। उनको राज्याभिषेक समारोहमा उपस्थित हुन नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार नै बेलायत पुगिसकेका छन्।

सुडान रक्तपातपूर्ण युद्ध : हालसम्म १८ जना सहायताकर्मीको मृत्यु

मानवीय सहायताकर्मीले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन्। 

सर्बियामा अन्धाधुन्ध गोली प्रहारबाट आठ‍को मृत्यु, १३ जना घाइते

सर्बियामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

भारतको जम्मु–कश्मीरमा भएको भिडन्तमा २ भारतीय सैनिकको मृत्यु

आतंकवादीको खोजीमा भारतीय सेनाले पछिल्लो ७२ घण्टामा ४ वटा ‘इन्काउन्टर’ अप्रेसन चलाएको बताइएको छ।

पाकिस्तानको कुराममा गोली प्रहार, ५ शिक्षकसहित ८ जनाको मृत्यु

​​​​​​​शिक्षक युनियनका प्रतिनिधिले अपराधी पक्राउ नपर्दासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। आन्तरिक मन्त्री राना सानाउल्लाह खानले अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

मस्काेमा आक्रमण गरेको आराेपपछि जेलेन्स्कीले भने– पुटिनको ज्यान लिने प्रयास गरेका छैनौँ

बुधबार मस्कोस्थित एउटा सरकारी भवनमा आगलागी र विस्फोटको भिडियो सार्वजनिक भएको थियाे। यसलाई मस्कोले पुटिनको हत्या प्रयासका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।

पश्चिमी रुवान्डामा बाढी, कम्तीमा १३० जनाको मृत्यु

मंगलबार रातिदेखि परेको भारी वर्षाले रुवान्डाको उत्तरी र पश्चिमी प्रान्तमा ठूलो क्षति पुर्‍याएको छ। वर्षा नरोकिएकाले बाढी प्रभावितको उद्धारमा कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यम आरबीएले जनाएको छ।

३ इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने राष्ट्रसंघको घोषणा

पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।

३ इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने राष्ट्रसंघको घोषणा

पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।

युक्रेन युद्धमा डिसेम्बरयता २० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु : अमेरिका

मृतक रुसी सैनिकमध्ये आधाजसो रुस समर्थित वाग्नर मर्सिनरी कम्पनीका सदस्य हुन्। हाल दुवै देशका लागि सांकेतिक महत्वको बाख्मुतमा नियन्त्रण कायम गर्न भिडन्त जारी छ।