AnonymousUser

Logout

रुस र युक्रेनबीचको खाद्यान्न सम्झौता २ महिना थप्ने सहमति

सम्झौता लम्बिएसँगै युक्रेनले २ महिनासम्म ‘ब्ल्याक सी’स्थित बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न पाउनेछ। रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो। 

भ्रष्टाचारमा दोषी फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको जेल सजाय कायम, घरैमा बस्न पाउने

फ्रान्सको एक पुनरावेदन अदालतले भ्रष्टाचारमा दोषी ठहर पूर्वराष्ट्रपति निकोलास सार्कोजीको अपिल खारेज गर्दै तीन वर्षको काराबास सजाय कायम राखेपछि उनी अब अरू एक वर्ष थुनामा बस्नुपर्ने भएको छ।

बाइडेनले रद्द गरे अस्ट्रेलिया भ्रमण, क्वाड शिखर सम्मेलन स्थगित

अमेरिकी राष्ट्रपति जो बाइडेन उपस्थित नहुने भएपछि क्वाड शिखर सम्मेलन स्थगित भएको छ। देशमा बढिरहेको आर्थिक संकटलाई मन्धयनजर गर्दै बाइडेनले अस्ट्रेलिया भ्रमण रद्द गरेका हुन्।

न्यूजिल्यान्डको होस्टलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।

थाइल्याण्ड निर्वाचनमा सेना समर्थक पार्टी पाँचौँ स्थानमा, स्थापनाको नौ वर्षमा एमएफपी सबैभन्दा ठूलो दल

थाइल्याण्डमा पछिल्लोपटक सन् २०१४ मा सैन्य 'कू' हुँदा स्थापना भएको प्रगतिशील मुफ फरवार्ड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दल भएको छ। 'कू'बाट सत्तामा पुगेका चान–ओ–चाको दल भने पाँचौँ स्थानमा खुम्चिएको छ।

चक्रवात ‘मोचा’का कारण बंगलादेश र म्यानमार प्रभावित

बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान मोचा चक्रवात प्रवेश गरेको बताइएको छ।

कर्नाटकमा कांग्रेसलाई बहुमत, भाजपा ६५ सिटमा खुम्चियो 

आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ। यहाँ सरकार बनाउन ११३ सिट आवश्यक पर्छ।

कर्नाटक विधानसभा निर्वाचनमा कांग्रेस ३ सिटमा विजयी, १२९ मा अग्रता

कर्नाटक विधानसभामा भारतीय कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ। 

‘टाइटल ४२’ अन्त्य गर्दै अमेरिका, आप्रवासीलाई कस्तो असर पर्छ?

बाइडेन प्रशासनले सीमामा शरण लिन चाहने आप्रवासीहरूको द्रुत परीक्षण गर्ने, अयोग्य ठहर भएकालाई तुरुन्तै देश निकाला गर्ने र अवैध वा अर्को देश हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई दण्डित गर्ने योजना बनाएको छ।

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

बाइडेनका सुरक्षा सल्लाहकार र चिनियाँ कूटनीतिज्ञबीच भेटवार्ता

अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

युक्रेनलाई १६ बिलियनभन्दा बढीको वित्तीय सहयोग, बेलायतले पठायो लामो दूरीका क्षेप्यास्त्र

 युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्।

इमरान खानको पक्राउ गैरकानूनी, तत्काल रिहा गर्न सर्वोच्च अदालतको आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

इमरान खानको पक्राउपछि पाकिस्तानमा चर्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते

मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।

अशान्त पाकिस्तान: के हुन्छ पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य?

'बदलाको राजनीति' चल्ने पाकिस्तानमा शाहबाज शरिफ सत्तामा फर्किएपछि इमरान खानविरुद्ध भ्रष्टाचारका दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ।

इमरान खान पक्राउपछि पाकिस्तानमा चर्कियो प्रदर्शन, करीब हजार प्रदर्शनकारी पक्राउ

पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।

सुडान हिंसाका कारण ७ लाखभन्दा बढी विस्थापित, युद्धविरामको पहल असफल 

राजधानी खार्तुममा निरन्तर गोलाबारी र आक्रमण चलिरहेका छन्। अधिकांश मानिस घर छाडेर भागेपछि शहर सुनसान बनेको छ।

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश 

लेखिका ई जीन क्यारोलले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा सन् १९९० मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाट गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षा बलले मंगलबार दिउँसो गिरफ्तार गरेको छ।

भारतको मध्यप्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

५० जना सवार बस इन्दौर जाने क्रममा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बैराड नदीमा खसेको थियो।