AnonymousUser

Logout

अमेरिकी रक्षामन्त्री अस्टिन अर्को साता भारत आउँदै

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि तीन एशियाली राष्ट्रको भ्रमण गर्ने भएका छन्। उनी जापान र सिंगापुरको भ्रमणपछि भारत आउने कार्यक्रम छ।

पाकिस्तानमा आत्मघाती आक्रमण: १० जनाको मृत्यु

आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ। 

बेलायतमा आप्रवासी संख्या ६ लाखभन्दा बढी, काम र अध्ययनमा जाने धेरै

बेलायतमा काम, अध्ययन र मानवीय प्रयोजनका लागि जानेहरूको संख्या बढ्दा पछिल्ला वर्ष आप्रवासीहरू बढेका छन्। रुस र युक्रेनको युद्धपछि बेलायत प्रवेश गर्ने बढेको जनाइएको छ।

अफगानिस्तानमा बाढी: ६ जनाको मृत्यु, २०० भन्दा बढी घर डुबानमा

बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।

युक्रेन युद्धपछि रुसी प्रधानमन्त्री मिशुस्टिन पहिलोपटक चीन भ्रमणमा

जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।

कार्वन उत्सर्जन घटाउन फ्रान्सले लगायो छोटो दूरीका उडानमा प्रतिबन्ध

फ्रान्सको संसद्‍ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण, दर्जनभन्दा बढी आवासीय भवनमा क्षति

युक्रेनको खार्कोभ नजिकै रहेको बेल्गोरोड क्षेत्र पछिल्लो समय युद्धको केन्द्र बनेको छ।

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ घाइते

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। 

अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अरबी महिला बनिन् रायना बर्नावी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।

आफ्नो भूमिमा घुसपैठ गरेको रुसको आरोप युक्रेनद्वारा अस्वीकार 

युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानको आरोप– सेना प्रमुख मलाई पुनः सत्तामा पुग्नबाट रोक्न चाहन्छन्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।

युक्रेनी शहर बखमुत रुसको कब्जामा गइसकेको छैन : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।

जी–७ को विज्ञप्तिप्रति चीनको तीव्र असन्तुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।

दक्षिण कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दुई नेताबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

२ हजारका नोट फिर्ता लिने भारतीय रिजर्भ बैंकको घोषणा

आरबीआईले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। भारतमा करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो।

अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लिए : जेलेन्स्की

अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।

म्यानमारले सैन्य ‘कू’पछि भित्र्यायो १ अर्ब डलरको हतियार

म्यानमारमा हतियार पठाउने सूचीको शीर्षस्थानमा रुस, चीन र सिंगापुरका कम्पनी छन्। ‘कू’ गरेर सत्ता हातमा लिएको दुई वर्षमा त्यहाँको सेनाले १ अर्ब डलरभन्दा बढीको हतियार किनेको छ।

अमेरिकाको मोन्टाना राज्यले लगायो टिकटकमाथि पूर्ण प्रतिबन्ध

मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्।