AnonymousUser

Logout

यमन युद्धमा मृत्यु र घाइते हुने बालबालिकाको संख्या ११ हजार नाघ्यो : युनिसेफ

यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।

चीनले ताइवानमाथि आक्रमण गर्न आधार तयार पार्दैछ : ताइवानी विदेशमन्त्री

चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरबबीच रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति भएको छ। साउदीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अरब लिगका सदस्य राष्ट्रबीच यस्तो सहमति भएको हो।

बंगलादेशमा विपक्षी सांसदले गरे सामूहिक राजीनामाको घोषणा

हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।

इरानमा महिला आन्दोलन, कट्टर इस्लामिक कानूनमाथि चुनौती

इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।

समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका रोहिंग्या शरणार्थीको उद्धार गर्न यूएनएचसीआरको आग्रह

राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतीय अण्डमान समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका दुई सय जना शरणार्थीको उद्दार गर्न आग्रह गरेको छ।

इरानमा सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा १ जनालाई मृत्युदण्ड

सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।

युरोपेली आयोगले रूसमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् बोलुवार्ते

पेरुमा पहिलोपटक महिला राष्ट्रपति नियुक्त भएकी छन्। पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षीय दिना बोलुवार्ते राष्ट्रपति बनेकी हुन्।

भारतीय विधानसभा चुनाव : गुजरातमा बीजेपी र हिमाचलमा कंग्रेस अगाडि

गुजरात तथा हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) र भारतीय कंग्रेसले अग्रता लिएका छन्। गुजरात विधानसभामा १८२ सिट छन् भने हिमाचलमा ६८ सिट रहेका छन्।

पुटिनको स्वीकारोक्ति : युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो 

पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।

चीन अमेरिकाका लागि खतरा बन्दै गएको पेन्टागनको निष्कर्ष

अमेरिकाले चीनको राष्ट्रिय-परराष्ट्र र आर्थिक नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, सेना र नागरिक जोडिएको विकास रणनीति, रक्षा र सैन्य नीति, आणविक क्षमतासहित दर्जनौँ विषय समेट्दै प्रतिवेदन सार्वजनिक गरेको छ।

जर्मन संसद्‍मा आक्रमणको योजना बनाएको आशंकामा २५ जना गिरफ्तार

अति दक्षिणपन्थी समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै उपराष्ट्रपति फर्नान्डेजका समर्थकले राष्ट्रव्यापी हडताल गर्ने चेतावनी दिएका छन्।

शून्य कोभिड नीतिको सर्वत्र विरोध भएपछि मापदण्ड खुकुलो पार्दै चीन

कोरोना नियन्त्रणका लागि अख्तियार गरिएको नीतिको विरोध भएपछि चीनले स्वास्थ्य मापदण्डहरू खुकुलो पार्ने भएको छ।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका चोपडादेखि ओलेना जेलेन्स्कासम्म

भारतबाट नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले सूचीमा अटाएका छन्।

इन्डोनेसियामा विवाहअघि यौन सम्बन्ध राखे जेल सजाय हुने विवादास्पद विधेयक पारित

विवादास्पद विधेयक संसद्‍बाट पारित गर्न नदिन यसै साता राजधानी जकार्तास्थित संसद् भवनबाहिर अधिकारकर्मीहरूले प्रदर्शन गरेका थिए।

चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङमा अन्त्येष्टि

बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

आठ देश मिलेर बनाउँदै छन् विश्वकै ठूलो रेडियो टेलिस्कोप

अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।

इरानमा 'नैतिक प्रहरी' खारेज

महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने कानूनसम्बन्धमा पनि संसद्ले विचार गर्ने इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीको भनाइ छ।