सोमबार पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले विवादित विधेयकमा हस्ताक्षर गरेका थिए। जसलाई विपक्षीहरूले संविधान विरोधी र स्टालिनवादी भनेर आलोचना गरेका छन्।
सोमबार सांघाईको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई डच प्रहरीले पक्राउ गरेको छ। तीमध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने बताइएको छ।
भारतीय राष्ट्रिय कांग्रेससहित २० दलले बहिष्कार गरेको संसद् भवन उद्घाटन कार्यक्रममा मोदी भारत स्वतन्त्र हुँदा बेलायतीले दिएको ऐतिहासिक यो राजदण्ड 'सेंगोल'अघि लम्पसार परेका थिए।
एक यात्रुले एयरपोर्टमा अवतरण हुने क्रममा रहेको विमानको आपतकालीन ढोका खोलेपछि दक्षिण कोरियाको एसियाना एयरलाइन्सले नयाँ नियम जारी गरेको हो।
अमेजन जंगललाई विश्वमाझ थप चिनाउन जलवायु शिखर सम्मेलन अमेजन मै गर्न चाहेको ब्राजिलका राष्ट्रपतिले बताएका छन्।
सैनिक शासनविरुद्ध लगातार गीत बनाइरहेका गायक ब्यु हारले पछिल्लो भिडियोमा जुन्टाविरुद्ध आक्रोश पोखेका थिए। उनले भिडियोको क्याप्सनमा आफ्नो घरको ठेगाना दिँदै आफूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए।
अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि तीन एशियाली राष्ट्रको भ्रमण गर्ने भएका छन्। उनी जापान र सिंगापुरको भ्रमणपछि भारत आउने कार्यक्रम छ।
आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ।
बेलायतमा काम, अध्ययन र मानवीय प्रयोजनका लागि जानेहरूको संख्या बढ्दा पछिल्ला वर्ष आप्रवासीहरू बढेका छन्। रुस र युक्रेनको युद्धपछि बेलायत प्रवेश गर्ने बढेको जनाइएको छ।
बाढीले हेरात प्रान्तमा २०० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ। सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएका छन्।
जापानमा भएको जी ७ सदस्य राष्ट्रहरूको बैठकले रुसविरोधी निर्णय गरेलगत्तै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चीन भ्रमण गरेका हुन्।
फ्रान्सको संसद्ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।
युक्रेनको खार्कोभ नजिकै रहेको बेल्गोरोड क्षेत्र पछिल्लो समय युद्धको केन्द्र बनेको छ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।
युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल असिम मुनिर आफूविरुद्ध लागेको र केही दिनअघि आफूलाई पक्राउ गर्ने आदेश पनि उनैले दिएको आरोप लगाएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बखमुत शहर रुसको नियन्त्रणमा गइनसकेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।