AnonymousUser

Logout

यूएईमा व्यवसाय गर्न चाहने सरकारी कर्मचारीलाई १ वर्षको बिदा, ५० प्रतिशत तलब दिइने

यूएईले व्यवसाय शुरू गर्न चाहने सरकारी कर्मचारीलाई १ वर्षको बिदा दिने निर्णय गरेको छ। सो अवधिमा कर्मचारीले ५० प्रतिशत तलब सुविधासमेत पाउनेछन्।

छैटौँपटक इजरायलको प्रधानमन्त्री बने बेन्जामिन नेतन्याहू

७३ वर्षीय नेतन्याहूले इजरायलको नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका हुन्।

अफगानिस्तान भोकमरीको चपेटामा, नेपाल पनि खाद्य  संकटको जोखिममा

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सन् २०२२ मा झन्डै २८ लाख बालबालिका र महिला कुपोषणको शिकार भएको जनाएको छ।

रुसद्वारा युक्रेनमाथि एकैदिन १२० वटा क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनमाथि एकैदिन १२० क्षेप्यास्त्र प्रहार गरेको छ। तीव्र हमलाका कारण युक्रेनी जनमानसमा त्रास बढेको छ भने केही स्थानमा जनधनको क्षति पुगेको छ।

क्यासिनोमा आगलागी हुँदा कम्बोडियामा १० जनाको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। थाइल्यान्डको सीमासँग जोडिने पोइपेमा आगलागी भएको हो।

भारतको ओडिशामा पुटिनका आलोचकको रहस्यमय मृत्यु, छानबिन गर्दै प्रहरी

एन्टोब नेता एवं ठूलो व्यापारी मात्र थिएनन् उनी भ्लादिमिर क्षेत्रका विधायक र क्रेमलिन सरकारलाई समर्थन गर्ने संयुक्त रूसका सदस्य थिए।

चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइँदै

चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन्।

आप्रवासीसम्बन्धी विवादास्पद नीतिलाई निरन्तरता दिने अमेरिकी अदालतको आदेश

अमेरिकी सर्वोच्च अदालतले सीमासम्बन्धी विवादास्पद नीति ‘टाइटल ४२’लाई निरन्तर्ता दिने आदेश दिएको छ। पाँचमध्ये चार जना न्यायाधीशले नीतिलाई तत्कालका लागि निरन्तरता दिने पक्षमा मत दिएका छन्।

तालिबान सरकारलाई राष्ट्रसंघले भन्यो – महिलालाई शिक्षाबाट वञ्चित नगर्नू

दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।

अमेरिकामा हिमआँधी र चिसोका कारण ६२ जनाको मृत्यु

अत्यधिक चिसो र हिमपातका कारण अमेरिकामा ६२ जनाको मृत्यु भएको छ।

ताइवानमा अनिवार्य सैन्य सेवाको अवधि एक वर्ष पुर्‍याइयो

ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।

चीनमा विदेशी नागरिकका लागि खुकुलो पारिँदै स्वास्थ्य मापदण्ड, जनवरीदेखि क्वारेन्टिन बस्न नपर्ने

चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।

चिनियाँ ७१ वटा विमान ताइवानको सीमामा प्रवेश

लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।

रुसी सैन्य शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।

अत्यधिक चिसो र आँधीका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु

अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।

समुद्रमा हप्तौँ अलपत्र परेका ५८ जना रोहिंग्या इन्डोनेशिया भेटिए

भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।

युक्रेनसँग सम्झौता गर्न तयार छौँ : पुटिन

राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।

अमेरिकास्थित नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो

टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ। 

अमेरिका र क्यानडाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म, जनजीवन प्रभावित

चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।