AnonymousUser

Logout

व्यवसायीको चंगुलमा विधायिका, सिंहदरबारदेखि संसद्सम्मै स्वार्थको द्वन्द्व

राहदानी–नागरिकता दुरुपयोग कसुरमा प्रहरीले अनुसन्धान गरिरहेका रवि लामिछाने गृहमन्त्री बन्नु पछिल्लो दृष्टान्त हो, सिंहदरबारदेखि संसद्सम्म सबैतिर स्वार्थको द्वन्द्वले ‘दाह्रा–नंग्रा’ गाडेको छ।

साइबर सुरक्षामा सरकारलाई छैन चासो, इन्टरनेट बन्दैछ अपराधको अस्त्र

प्रविधिको प्रयोग गरेर हुने गैरकानूनी आर्थिक गतिविधि नियमनका लागि बनेको विद्युतीय कारोबार ऐन उपयोगविहीन हुन थालेको छ। यो ऐन इन्टरनेटबाट हुने अन्य अपराध नियन्त्रण गर्न पर्याप्त नभएको विज्ञहरू बताउँछन्।

मिथ्या मिथक : के पूर्वकुमारीले विवाह गर्न मिल्दैन? 

धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।

संकटमा सहकारी : बचतकर्ताको रकम जोखिममा, नियामक निकाय उदासीन

नियामक निकाय तदारुक नदेखिँदा विभिन्न सहकारी संस्थामा आएको संकटले सहकारीप्रतिको आमविश्वास गुम्ने खतरा मात्रै बढेको छैन, सर्वसाधारणको अर्बौं रूपैयाँसमेत जोखिममा परेको छ।

कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?

नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्‍याइए भन्ने पत्ता लाग्दैन।

‘पहुँचवालाका लागि’ यसरी फेवाताल मास्दैछ पोखरा महानगर

सर्वोच्च अदालतले साढे चार वर्षअघि फेवातालको मापदण्ड ६५ मिटर कायम गरेर त्यहाँका संरचना ६ महिनाभित्र हटाउन आदेश दिएको थियो। तर, पोखरा महानगरले आदेशविपरीत फेवातालको मापदण्ड नै घटाउने निर्णय गरेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र र कैलालीको वन व्यापारीलाई सुम्पने निर्णय

संवेदनशील संरक्षित क्षेत्र र वनजंगलसमेत पहुँचवाला व्यापारीलाई सुम्पन राज्यसंयन्त्र कसरी लाग्छ भन्ने बुझ्न अन्त जानै पर्दैन, वन मन्त्रालयका सचिव पेम कँडेलले अवकाश पाउने दिन गरेका दुई निर्णय हेरे पुग्छ।

केबलकारका नाममा अन्नपूर्ण संरक्षण क्षेत्र मास्ने योजना 

संसारभर चर्चित अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण संरक्षण क्षेत्रलाई संकटमा पार्नेगरी सिक्लेसमा केबलकार निर्माण गर्न निजी कम्पनीले अघि बढाएको योजनालाई वातावरण मन्त्रालयले नै सघाइरहेको छ।

चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहलाई बेच्ने र पछि च्याम्पियन फूटवेयर लिमिटेडमा रहेको कारखानाको सेयर पनि चौधरी समूहलाई सुम्पने निर्णय नै कानूनविपरीत देखिएको छ।

मुद्दा चलाउनुपर्ने कसुरमा मुछिएकाहरू 'माननीय’ बन्ने दौडमा

यसपालिको निर्वाचनमा थरीथरीका अनुहार ‘माननीय’ बन्ने दौडमा छन्। त्यही पंक्तिमा सामेल केही ‘हाई प्रोफाइल’हरू पनि छन्, जो गम्भीर कसुरमा मुछिएर पनि अनुसन्धान नै नभएर उन्मुक्ति पाए।

सरकारी कागजातकै खुलासा : गृहमन्त्री खाँण बहुविवाहमा संलग्न

कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्।

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनभन्दा पहिल्यै कुन पार्टी वा उम्मेदवारले जित्दैछन्, को के कारणले बलियो वा कमजोर छन् भन्ने सूचना कसरी पार्टी र नेताहरुसम्म पुग्छ? निर्वाचनमा कसरी भइरहेछ गुप्तचर र सुरक्षा संयन्त्रको दुरुपयोग?

यसरी बन्यो नानीमैयाँमाथि ‘अपमानजनक’ आख्यान

तत्कालीन मन्त्रीमण्डलमा दोस्रो वरियताका गृहमन्त्री जोगमेहर श्रेष्ठभन्दा दोब्बर बढी मत ल्याएर राष्ट्रिय पञ्चायत सदस्य बनेकी नानीमैयाँ दाहाल ४१ वर्षदेखि ‘अप्रत्याशित जित’को बिम्ब बनेकी छन्।

राजनीतिको आडमा अपराध, तिनैलाई पार्टीको टिकट

सबै प्रमुख दलको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे मनाङ (ख)बाट निर्विरोध निर्वाचित गराइएको घटना एउटा दृष्टान्त हो। आगामी निर्वाचन राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ।

सडक छेकेर किन ठिंग उभिइरहेका छन् देवता?

कुनै समय बाटो किनारमा राखिएका मूर्ति तथा मन्दिर अहिले सडकको बीचभागमा आइपुगेका छन्। कतिपय मन्दिरमा विशेष दिन पूजा र भोज हुँदा सडक नै अवरुद्ध हुन्छ।

द्वन्द्वको बीउ बन्दै प्रहरी : किन भइरहेछ ‘घातक’ अलमल?

प्रदेश सरकारलाई प्रहरी दिन नै आनाकानी गरिरहेको काठमाडौँको रवैया सुरक्षामा मात्र चुनौती बनिरहेको छैन, संघीयताको अभ्यास नै कमजोर पार्न उद्यत छ। 

बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्‍यो कब्जा

सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो?

एउटै छानामुनि दुई विद्यालय : विभेदको निरन्तरता

विद्यार्थी टिकाइराख्न सामुदायिक विद्यालयले अंग्रेजी र नेपाली माध्यमका फरक कक्षा सञ्चालन गर्दा सामाजिक विभेद उत्पन्न भएको छ।

दलीय निर्वाचनमा स्वतन्त्र निर्णायक!

यस पटकको स्थानीय निर्वाचनले मतदाता मार्फत् ‘उम्मेदवार नै निर्णायक’को भाष्य विकास गरेको छ। जसलाई आसन्न आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूका लागि निम्ति दु:साध्य बन्नसक्छ।

फिनल्याण्डमा गुल्मेलीको धुइरो

सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।