AnonymousUser

Logout

उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छ : सांसद पौडेल

विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र अनुसन्धान रोक्ने काम नगर्न पनि उनले आग्रह गरे।

कोशी प्रदेशका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

भदौ ४ मा थापाले नियमविपरीत विश्वासको मत लिएकाे भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

एक महिनादेखि प्रतिनिधिसभामा भइरहेको अवरोध हट्यो

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो।

सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग बनाउने दलहरूबीच सहमति, संसद् अवरोध हट्ने

दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानूनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो।

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत, जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।

कांग्रेसको समुदायकेन्द्रित कार्यक्रम स्थगित, पार्टीको झन्डा राखी बनाइएका फेसबुक हटाउन निर्देशन

कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सत्तापक्षले ध्यान नदिँदा सदन सुचारु हुन सकेन: देवेन्द्र दाहाल

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।

सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक बुधबारलाई सर्‍यो

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।

संसद् बैठक सूचना टाँसेर बुधबारसम्म स्थगित

मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।

कार्यदलले तयार पार्‍यो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।

एमाले अनुपस्थित बैठकमा राष्ट्रपतिले भने– मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन

संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार, संसद् अवरोध हट्ने

बैठकले छानबिन समितिको टीओआर तयार गर्नका लागि एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति गठन गरेको छ।

एमाले सचिवालय बैठक सिरहाको विष्णुपुरकट्टीमा बस्ने

एमालेले यसपटक तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको छ।

एमालेबाट ‘विद्रोह’ गर्नु औचित्यपूर्ण रहेको माधव नेपालको ठहर

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष माधव नेपालले ‘एमालेबाट विद्रोह’ नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने बताएका थिए।

सभाध्यक्षलाई पनि मत हाल्न लगाएर कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री थापालाई प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएका थिए।

कसको के स्वार्थले एक महिना रोकियो संसद्, के कुरा मिलेर खुल्दैछ?

सुनकाण्ड छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै एमालेले संसद् अवरोध गर्दा आफ्नो दलका नेताहरू तानिने त्रासमा रहेका प्रधानमन्त्री दाहालले नै फ्याँकेको त्रासको ‘पासा’ संसद् अवरोध खोल्ने अस्त्र बन्दैछ।

सीआईबीले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई कार्यालय बोलाएर बयान नलिई फर्काइदियो

पूर्वमन्त्री चन्द्रदेव जोशीले सीआईबी प्रमुखले बयान लिन बोलाएपछि कार्यालय पुगेको भए पनि बयान नलिई फर्काइएको बताएका छन्।

ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईसित घरमै गएर सीआईबीले लियो बयान

ललितानिवास जग्गा प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेकाबेला सीआईबीले उनीहरू दुवै जनाको बयान लिएको हो।

समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणा सभा गर्ने

सोमवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको तेस्राे बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो।