अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।
सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।
बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।
कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।
अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।
बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको भनाइ छ।
प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताएका छन्।
एमाले अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।
नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने छ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने उनीहरूको भनाइ थियो।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीले बीचमा बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएकाले त्यसलाई ट्र्याकमा ल्याउने उद्देश्यले अभियान थालिएको बताएका छन्।
आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाको आरोप छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो र ९ किलो सुनको तस्करी प्रकरणको अनुसन्धान जारी रहेको बताए। उनले माओवादी नेतृत्वको सरकार छ बचिन्छ भन्ने भ्रममा नपर्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।
दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको सभामुख देवराज घिमिरेको भनाइ छ।
माओवादीले शनिबार तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान नौ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने तयारी छ।