समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले त्यसमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।
प्रदेश अध्यक्षमा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङको दाबी रहेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सामाजिक सद्भाव बिथोल्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेका दाबी गरेका छन्।
सहमतिको प्रयास जारी रहेकाले शुक्रबारसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।
एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले ‘समाजवादी जागरण अभियान’मा समृद्धि र समाजवादका लागि हुनुपर्ने ठोस कार्यक्रमबारे जनतालाई जानकारी दिइने बताए।
जनमत पार्टी प्रवक्ता डा. शरदसिंह यादवले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको बताएका छन्।
सञ्चारमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक बढेसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन्।
देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखा पर्न थालेको माओवादी केन्द्रको निष्कर्ष छ।
उनले आफूले नचाहँदा नचाहँदै पनि आफ्नो नाम राखेर कसैले व्यवसाय गरेकाे र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको भन्दै सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको दाबी गरेका छन्।
शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ।
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैसँग राखेका छन्।
विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको याे भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्नमा थप सहयोग पुगेको बताए।
यस भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ।
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले साेमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।
मंगलबारसम्म चल्ने अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङले असहमति व्यक्त गरेका छन्।
दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।