AnonymousUser

Logout

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न माग

कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था आउन नदिन गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन्।

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन।

विमानस्थलमा अनावश्यक हैरानी दिने प्रवृत्ति रोकियोस् : गृहमन्त्री

गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्।

गृह सचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ।

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए ४ मन्त्री

तीन मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन आवश्यक छैन : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले गृहमन्त्री लामिछानेविरुद्ध कुनै आधार र प्रमाण नदेखिएकाले संसदीय समितिको आवश्यकता नरहेको सरकारको धारणा रहेको बताइन्।

हाजिरी जमानीमा छुटे कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई बयान सकिएपछि कान्छो छोरा निर्मल महराको जिम्मामा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरिने, कार्यविधि तयार गर्न निर्देशन 

मिटरब्याज पीडितसँग सरकारले फागुन २९ मा चार बुँदे सहमति गरेको थियो। जसको पहिलो बुँदामै समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ।

योजना आयोगमा ४ सदस्य नियुक्त, चूडामणि पौडेल सचिवमा बढुवा

आयोगको सदस्यमा काठमाडौँकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुसेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डे नियुक्त भएका छन्।

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीमाथि भइरहेको अनुसन्धानबारे सभामुखलाई सीआईबीको पत्र

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो पत्रसँगै सीआईबीले सांसद चौधरीलाई पक्राउ गरेर बयान लिन सहज हुने भएको छ।

मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जन गर्न आवश्यक : उपराष्ट्रपति

उनले मधेशमा रहेका विद्यमान बेथितिहरूप्रति आयोगको ध्यानाकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रूपमा आफ्नो उपस्थिति जनाउनसमेत आग्रह गरे।

इलाम–२ को उपनिर्वाचनमा कांग्रेसबाट भेषराज आचार्यसहित ७ जनाको नाम सिफारिस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम–२ को उपनिर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरेको छ।

सत्तारुढ गठबन्धनको साझा संकल्प : कुनै पनि कालखण्डका भ्रष्टाचार छानबिन गरिने

सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने, लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने सत्तारुढ गठबन्धनको साझा संकल्पमा उल्लेख छ।

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो: ओली

एमाले अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे।

प्रधानमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्ट, रविमाथि संसदीय छानबिन गर्न माग

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।

बजेटमा आर्थिक समस्या समाधानका ठोस योजना हुनुपर्नेमा सांसदको जोड

सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता

उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।

मधेश प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, एमालेका यादव बने भौतिक पूर्वाधारमन्त्री

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस

ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।