संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।
नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।
संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचक पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको बताएका छन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिएका छन्।
समितिलाई दुर्गाप्रसाद प्रसाईंले झापा प्रशासनबाट हतियार राख्न लिएको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ।
बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले सशस्त्र प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को कार्यालयले मानव अधिकार आयोगलाई पत्र पठाएर कानूनबमोजिम भएर आएमा मात्र सचिव नियुक्तिको सिफारिस अगाडि बढाउने जानकारी दिएको छ।
रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले उपलब्ध बजेट पूर्ण रूपमा खर्च हुने गरी विकास निर्माणका कामको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए।
राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।
सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना मन्त्री भइसकेका छन्।
बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका नेता रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ।
सिंहदरबारमा आयोजित बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्।
गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था आउन नदिन गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन।
गृहमन्त्री रवि लामिछानेले यात्रुहरूलाई विमानस्थलमा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्।