AnonymousUser

Logout

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

कांग्रेसको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा

निर्वाचन आयोगको मतदाता नामावलीमा अहिले पनि बागमती नगरपालिकाको सुकुमबासी बस्तीका कतिपयको दोहोरो नाम देखिन्छ। अधिकांशको नामका अक्षर छुट्याउने/जोड्ने गरेर दुई वटा परिचयपत्र बनाइएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस

कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्। 

कोशीमा २ दिनभित्र नयाँ सरकार गठनको आव्हान

बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग

एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारी निर्णयप्रति विरोध जनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

संसदीय समिति बनाउन गृहमन्त्री असहमत, सदनमा बोल्न दिन सभामुखलाई पत्र

गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्ताको रकम अपचलनका बारेमा आफूलाई जोडेर उठाइको प्रश्नमा संसदीय छानबिन समिति नचाहिने बरु आफूले संसद्मा जवाफ दिन पाउनुपर्ने बताएका छन्।

कांग्रेसले सर्वदलीय बैठकमा दोहोर्‍यायो संसदीय छानबिन समिति गठनको माग

कांग्रेसले सर्वदलीय बैठकमा सरकारीको बचत अपचलनमा संलग्नताबारे रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ।

रास्वपाले भन्यो– संसदीय छानबिन समिति गठन अनावश्यक

संसदीय दलको बैठकले सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।

प्रधानमन्त्री दाहालसँग भेटेर उपेन्द्र यादवले भने– ‘सरकारलाई दिएको समर्थन यथावत् छ’

सोमबार राति अमेरिका भ्रमणबाट फर्किएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मंगलबार बिहानै बालुवाटार पुगेका छन्।

बजेट अधिवेशनको तयारी पूरा, ५ दलका नेतासँग परामर्श गर्दै सभामुख

निर्बाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्‌मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छन्।

बागमती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति चयन हुन सकेको छैन।

सत्ता राजनीतिले उक्साएको पार्टी विभाजनको खेल : फोरम नेपालदेखि जसपासम्म

जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको  प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।

हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य

पहुँचका आधारमा हिरासत छल्न स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति रोक्ने सम्बन्धमा काउन्सिलले दिएको सुझावका आधारमा गृह मन्त्रालयले तीनबुँदे निर्णय गरेको छ।

जसपा नेपालबाट विभाजित भई बनेको दल निर्वाचन आयोगमा दर्ता

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता गर्ने निर्णय गरेको हो।

किन फुट्यो जसपा, कसले फुटायो?

जसपाबाट विभाजित भएर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेताहरूले अध्यक्ष यादवले अस्थिरता निम्त्याउन खोजेकाले अलग बाटो रोजेको तर्क गरेका छन्।

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

गण्डकीका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशमा टेकेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन्।

जसपा विभाजित, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने

उपेन्द्र यादव नेतृत्वको जसपा पार्टी विभाजित भएको छ। अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको छ।