AnonymousUser

Logout

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।

इलाम उपनिर्वाचन : फाकफोकथुमका ५ वडाको मतगणना सकिँदा सुहाङ ७८० मतले अगाडि

मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

बझाङ-१ मा एमालेको अग्रता कायमै

बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।

संसद्‍मा स्रोत संकुचनको परिणाम : जसलाई निगरानी गर्ने हो उसैको पैसामा अनुगमन

सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।

फाकफोकथुमका ४ वडाको मतगणना सकिँदा सुहाङलाई ३४५ मतको अग्रता

इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सकिँदा एमालेका भण्डारीलाई ७५७ मत

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।

बझाङ उपनिर्वाचन: ४०० मत गन्दा एमालेका भण्डारीलाई अग्रता

बझाङमा जारी मतगणनामा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्।

इलाम उपनिर्वाचन : कांग्रेसका खड्कालाई प्रारम्भिक अग्रता

इलाम–२ को मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता देखिएको छ। उनलाई एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।

के-के सुविधा छन् लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा?

अध्यादेशमा लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाई खोल्न सक्ने व्यवस्था पनि गरिएको छ।

इलाम–२ मा शुरू भयो मतगणना

इलाममा बिहान ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना थालिएको छ। 

इलाममा ११ बजेदेखि मतगणना शुरू हुने

मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। 

बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट गणना

साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

इलाममा शनिबार रातिबाटै मतगणना थाल्ने तयारी

शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवले बताए।

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ प्रदेशसभा १ मा शनिबार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ।

इलाममा मतदान सम्पन्न, ५७ प्रतिशत खस्यो मत

उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उपनिर्वाचन : इलाममा ५२ र बझाङमा ४३ प्रतिशत मतदान

शनिबार दिउँसो ३:३० बजेसम्ममा इलाममा ६० हजार मत खसेको छ भने बझाङमा २६ हजार ५०० मतदाताले मतदान गरेका छन्।

इलाम र बझाङमा मतदान शुरू

इलाम क्षेत्र–२ का १४९ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो।

रौतहट बमकाण्डः कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैदको सजाय

रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ।