AnonymousUser

Logout

'विशिष्ट अधिकृत'को स्वार्थले निजामती सेवा ऐन रोकिएको राष्ट्रियसभा अध्यक्षको भनाइ

अध्यक्ष तिमिल्सिनाले छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताएका छन्।

संसदीय दलको नेतामा सघाउन आग्रह गरेका पौडेललाई देउवाले भने– ‘पछि सल्लाह गरौँला'

कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरूङबीच भेट

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भएकाे भेटमा के कुराकानी भयाे भन्ने बाहिर आएको छैन।

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा

संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले अवकाश हुन नाै महिना बाँकी छदै पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिसमक्ष पुगेको विवादास्पद अध्यादेश, अब के हुन्छ?

‘राजनीतिक सहमति’का नाममा जघन्य अपराधमा संलग्नहरूलाई पनि उन्मुक्ति दिन सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले ‘होल्ड’ गरेर राख्ला या जारी गर्ला भन्नेमा सबैतिर कौतूहल देखिन्छ।

लाल आयोगको प्रतिवेदन– मधेश आन्दोलनका क्रममा के–के भयो, दोषी को हुन्?

२०७२ सालको मधेश आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय लाल आयोगले आन्दोलनमा भएका जघन्य अपराधदेखि त्यसका दोषीसम्मलाई लिपिबद्ध गरेको छ। तर, अहिलेसम्म प्रतिवेदन नै सार्वजनिक नहुँदा ती सबै ‘बेवारिस’ छन्।

सत्ता गठबन्धनमै रहने लोसपाको निर्णय

अध्यक्ष महन्थ ठाकुरले लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको बताएका छन्।

नयाँ पार्टी खोल्ने छलफलमा प्रभु साह र अमरेश सिंह

प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने विषयमा छलफल थालेका छन्।

संसद् सचिवालयका कर्मचारीको सेवा-सुविधा बढाउने अवस्था छैन : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने बताएका छन्।

यसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने छन्।

ऐन, नियम बनाउँदा दलहरू विभाजित बन्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऐन, नियम बनाउने कुरामा विभाजित हुन नहुने बताएका छन्। उनले संसद्‌मा रहेका दलहरू नीति निर्माणका लागि एकठाउँ उभिनु आवश्यक भएको बताए।

संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्‍यौँ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। उनले विकास निर्माणका साथै प्रदेश राजधानी सार्नुलाई आफ्ना उपलब्धि भएको बताए।

टीकापुरजस्तै हत्याकाण्ड, तर कसरी ‘उन्मुक्ति’ पाए लक्ष्मी महतोले?

महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरीका घाइते असईलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको घटनाका ‘फरार अभियुक्त’ हुन्। काठमाडौँ आउजाउ गरिरहने उनी पक्राउ भने पर्दैनन्।

लाल आयोगको प्रतिवेदन भन्छ– टीकापुर घटनाको मुद्दा अदालतबाटै टुंगिनुपर्छ

टीकापुर घटना छानबिन गर्न गठित उच्चस्तरीय लाल आयोगले बुझाएको तर सरकारले अहिलेसम्म ‘गोप्य’ राखेको प्रतिवेदनमा यो मुद्दा अदालतबाटै टुंगिने प्रष्ट राय दिइएको छ।

अध्यादेशको खतरनाक उद्देश्य, रेशम चौधरीदेखि अरू धेरैले पाउन सक्छन् उन्मुक्ति

देउवा सरकारले नयाँ संसद्को क्षेत्राधिकारमा समेत धावा बोलेर ल्याएको अध्यादेश रेशम चौधरीलाई छाड्नेमा मात्र सीमित देखिन्न, यसको भित्री अभीष्ट अझ डरलाग्दो देखिन्छ।

दण्डहीनताका ‘नयाँ सारथी’

पहिलोपटक संसद् पुगेका दुई साना दल जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने दौडधुप शुरू गरेपछि ती दलकै मागबमोजिम सरकारले दण्डहीनतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याउन राष्ट्रपति समक्ष पठाएको छ।

सरकारका प्रवक्ता भन्छन् : देशको आन्तरिक एकतालाई सहज बनाउन अध्यादेश

मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका छन्।

रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीसहितका नेता-कार्यकर्तालाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

अध्यादेशबारे गगन थापा भन्छन्- सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन

महामन्त्री थापाले विगतमा नेपाली कांग्रेसले 'पटक-पटक अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो' भनेर निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।

कहिले बन्छ नयाँ सरकार? पहिले फुक्नुपर्नेछ ‘शक्ति बाँडफाँट’को गाँठो

निर्वाचन आयोग अन्तिम चुनावी परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालय र संसद् सचिवालयमा बुझाउने तयारीमा जुटिरहँदा प्रमुख पदहरूको ‘भागवण्डा’को विषयले नयाँ सरकार निर्माणमा विलम्ब हुने देखिन्छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।