अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन पार्टीका सांसदलाई २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित निर्देशन दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिँदा आफ्नै पार्टीका नेता र गठबन्धनका दलहरूलाई परिचालन गरेर कांग्रेसको समेत समर्थन जुटाउने प्रयत्न गरिरहेका छन्।
सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरूको बैठकले टुङ्ग्याएपछि सार्वजनिक गरिने भएको छ।
माओवादीले गठबन्धन तोडेसँगै सबैतिरका सत्ता गुमेपछि कांग्रेसमा विशेष महाधिवेशन र देउवाको राजीनामासम्मको माग जसरी उठ्यो, त्यसैगरी सेलायो। त्यसको अन्तर्यमा थियो– कसैले ‘हल्लाउन नसक्ने’ देउवा समूहको शक्ति।
सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर विश्वासको मत दिनेबारे निर्णय लिने एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्।
कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताए।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै अदालतले अब आदेश जारी गर्नेछ।
सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा रिट निवेदक अधिवक्ताहरूले लामिछाने कानूनतः नेपाली नागरिक नभएको बताएका छन्।
गम्भीर फौजदारी अभियोग लागेकालाई उम्मेदवार बन्न नरोक्ने कानूनी व्यवस्थाले विधिको शासनसँगै त्यो क्षेत्रका सार्वभौम मतदातामाथि समेत मजाक गरेको छ। कसरी बन्यो यस्तो कानून?
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते दिउँसाे ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले वेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको बताए।
कार्यदल संयोजक विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमको ड्राफ्टमा बुँदागत छलफल गरी शुक्रबारसम्ममा अन्तिम रूप दिने बताए।
प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदै छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिवमा तोयम रायालाई नियुक्त गर्ने निर्णय गरेको छ।
११० सदस्य रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन चाहिन्छ।