AnonymousUser

Logout

३२औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभागप्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो। 

ठूला दलमा जम्बो केन्द्रीय समिति, झनै जम्बो साना दलमा

ठूला दलमध्ये कांग्रेसका केन्द्रीय सदस्य १६८ र एमालेका ३६० जना छन्। माओवादीको केन्द्रीय समितिमा ४०७ जना छन्। यी दलभन्दा न्यून साधारण सदस्य भएका दलले पनि पदकै लागि केन्द्रीय सदस्य ‘बाँड्ने’ गरेका छन्।

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकलाई समयानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताएका छन्।

प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा मंगलबारदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ।

संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्।

केमा अल्झियो जनमत र नागरिक उन्मुक्तिबीचको एकता?

रेशम चौधरी कार्यक्रमस्थलबाटै पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्तिबीच हुने भनिएको एकता भाँडिएको एक साता नाघिसकेको छ, यसबीचमा दुवै दलबीच ठोस छलफलसमेत हुन सकेको छैन।

प्रतिनिधिसभा बैठक: भारत र पाकिस्तान तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद एनपी साउदले भारत र पाकिस्तानबीच युद्ध शुरू भएको भन्दै यस विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

राष्ट्रियसभा: विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा सांसदहरूको जोड

विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गरेका थिए। 

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, जवाफ दिन सभामुखको ‘रुलिङ’

बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेका थिए।

संघीय संसद्को दुवै बैठक बस्दै:  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

राज्यले अहंकार र उद्दण्डता देखाएको छ : नेता उपाध्याय (भिडियोसहित)

युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीसमेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको नेता उपाध्यायको भनाइ छ।

चैत २१ पछि बालेन शाहः कार्यालयमा नरम, सामाजिक सञ्जालमा संयम

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर कार्यालय फर्किएपछि कर्मचारीसँग बालेनको व्यवहार फेरिएको छ, सामाजिक सञ्जालमा पनि कमै सक्रिय छन्। उनले एक्लो महसुस गरिरहेको कर्मचारीहरू बताउँछन्।

कांग्रेसका खमबहादुर गर्बुजा बने ऊर्जा राज्यमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।

शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदको माग

बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। 

सरकार र शिक्षक महासंघबीचको वार्ता सकारात्मक

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरेका छन्।

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदहरूको माग

विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन्।

सर्वोच्चको आदेशपछि शिविर भित्रिए ४ भुटानी शरणार्थी, हरेक हप्ता प्रहरीमा हाजिर हुनुपर्ने

तत्कालका हकमा भुटानी शरणार्थीलाई शिविरमा बस्न दिनु उनीहरूको बाँच्न पाउने अधिकार भए पनि समस्या समाधानमा यो दिगो उपाय नभएको अधिकारकर्मीले बताएका छन्।

बजेट अधिवेशन आजदेखि 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

तीनकुने घटनामा मृत्यु भएका सविन महर्जन तथा पत्रकार सुरेश रजकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउनेबाहेक यस्ता छन् गत सोमबारको मन्त्रिपरिषद‍्का निर्णय।