निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले तराई/मधेश द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए।
राप्रपा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि नै निर्मम भएको भन्दै निन्दा गरेका छन्।
मतदाताको गुनासो यसअघि विकासका अपेक्षा पूरा नभएको भन्ने छ। कतिपयले पुराना दलका नयाँ उम्मेदवारप्रति अपेक्षा गरेका छन् भने, कतिपय नयाँ दललाई मौका दिनुपर्ने बताउँछन्।
वैशाख ११ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।
“पहिला पनि नेताहरू आएर आश्वासन दिए, तर जितेर गएपछि कहिल्यै फर्किएनन्। अहिले पनि हामी डाँडाको भिरमा बसिरहेका छौँ। राति निदाउन पनि डर लाग्छ,” इच्छाकामना गाउँपालिकाकी नन्दुमाया चेपाङले भनिन्।
सांसद जितेन्द्रनारायण देवले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका छन्।
राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
रास्वपाले ढाकाकुमार श्रेष्ठमाथि कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा पेस भएको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कमीकमजोरीबारे प्रधानमन्त्रीलाई भेटेर सल्लाह, सुझाव दिन कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जनताले नयाँ पार्टीबाट केही आशा राखेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्याउने काम गरिरहेको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।
सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेका नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका छन्।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताएका छन्।
प्रधानमन्त्रीका रूपमा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने उनको प्रतिबद्धता छ।
चुनावी वर्ष २०७९ मा राजनीतिक दलहरूको ध्यान सत्ता दाउपेचमा देखियो। यो वर्ष करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटनादेखि रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवाद चर्चा रह्यो।
मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।