AnonymousUser

Logout

उपनिर्वाचनको बहानामा रोकिएका काम, कहिले अघि बढ्लान्?

सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै प्रतिनिधिसभाको उपनिर्वाचनसम्म धकेलेका कामको फेहरिस्त लामो छ। सरकार, संसद् र न्यायालयसमेत प्रभावित ती काम पूरा हुन भने अझैँ समय लाग्ने देखिन्छ।

बारा–२ मा आइतबार रातिबाटै मतगणना थालिने

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।

उपनिर्वाचन : करिब ६० प्रतिशत खस्यो मत

आइतबार तीन क्षेत्रमा भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन भएका ३ क्षेत्र, कहाँ कसको प्रतिस्पर्धा

चितवन–२ को परिदृश्य मंसिर ४ भन्दा खासै फरक नदेखिए पनि तनहुँ–१ र बारा–२ मा भने उपनिर्वाचनको प्रतिस्पर्धा र रौनक नै फेरिएको छ।

समाजवादी मोर्चा गठन गरी कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कम्युनिस्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएका छन्।

उपनिर्वाचन : रास्वपाले माफी मागेपछि भरतपुर नयाँकिरण माविको मतदान शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालनमा आएको छ।

उपनिर्वाचन : दिउँसो पौने २ बजेसम्म ४५ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ।

सामाजवादी मोर्चा बनाउन प्रधानमन्त्रीको ताकेता छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालले 'समाजवादी मोर्चाको काम छिटो गरौँ' भनेर बारम्बार ताकेता गरिरहेको बताएका छन्।

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत सवारीसाधनले दर्ता भई काम गर्न नपाएको गुनासो आएकाले दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा बनाउन मुख्यसचिव वैरागीलाई निर्देशन दिएका छन्।

सरकारी गाडी लिएर मतदानस्थल पुगेपछि मधेशका मुख्यमन्त्री यादवसँग आयोगले माग्यो स्पष्टीकरण

मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

बारामा शान्तिपूर्ण रूपमा मतदान हुँदै, ५ प्रतिशत खस्यो  

एक लाख पाँच हजार २४८ जना मतदाता रहेको बारा–२ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।

उपनिर्वाचन : चितवन, तनहुँ र बारामा मतदान शुरू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ। 

गण्डकी : १०५ दिनमा ढल्यो खगराज अधिकारी नेतृत्वको सरकार

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।

समाजमा अराजक गतिविधि बढ्यो, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रह‍ेको बताएका छन्।

राजनीतिमा व्यक्तिवाद हाबी छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।

देशको अवस्था बदल्न राजनीतिक ध्रुवीकरण जरुरी : शंकर पोखरेल

बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।

सबै जातजातिले मनाउने पर्व राष्ट्रिय पर्व हुन् : प्रधानमन्त्री 

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

उपनिर्वाचन : सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना, अनुमतिबेगर गाडी चलाए कब्जामा लिन निर्देशन

निर्वाचन आयोगले आइतबार हुन लागेको उपनिर्वाचनमा आचारसंहिता प्रतिकूलका गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिएको छ।

उपनिर्वाचनको मौन अवधि शुरू, क–कसलाई लाग्छ आचारसंहिता?

यस अवधिमा कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, वक्तव्य दिन, प्रेसविज्ञप्ति निकाल्न र हारजितको पूर्वानुमान गरी सञ्चार माध्यममा राख्नसमेत निषेध गरिएको छ।