AnonymousUser

Logout

एमाले राष्ट्रिय सहमतिबाट भाग्योः देवेन्द्र पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न – २ महिनामै एमालेसँगको सहकार्य टुंग्याउनुको कारण के थियो?

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।

गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।

प्रधानमन्त्रीका कारण वैदेशिक सम्बन्ध बिग्रियो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।

‘तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउनसक्छ’

अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्। ‍

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हट्यो

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।

उपराष्ट्रपति यादवले लिए शपथ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनिर्वाचित उपराष्ट्रपति यादवले शपथ लिँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन्।

विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सोमबार संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।

सर्वोच्चले अन्तरिम आदेशका मुद्दालाई सुनुवाइमा प्राथमिकता दिने

सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको छ।

प्रदेशको नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम तत्काल परिवर्तन नहुने बताएका छन्।

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका छन्।

प्रधानमन्त्री दाहालले‍ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका छन्।

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति सांसदको चासो

सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ।

द्वन्द्वपीडितको विरोधबीच संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

द्वन्द्वपीडितको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक पेश गरेकी छन्।

मलमा गरिएको अनुदान कटौती फिर्ता लिन एमालेको माग

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय ‘किसान मारा’ रहेको बताएका छन्।

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल चयन, वेदुराम भुसाल उपाध्यक्ष

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ।  

एमाले सचेतक बर्तौलाको प्रश्न– यो सरकार कसका लागि काम गरिरहेको छ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले किसानले समयमै मल नपाएको, मूल्यवृद्धि, भूमिहीनले जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।

प्रधानमन्त्रीलाई विश्वासको दिने र सत्तापक्षको बेन्चमा बस्ने कांग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि मात्रै सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने कांग्रेसले जनाएको छ।