AnonymousUser

Logout

२ करोड मागेको अडियोबारे रवि भन्छन् – ७२ घण्टाभित्र छानबिन गरी कारबाही हुन्छ

रास्वपा सभापति लामिछानेले बाराको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले अडियोमा उल्लेख गरेका आफू वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरेका छन्।

'मुख्यमन्त्रीको सहजताका लागि' एमाले कर्णाली सरकारबाट बाहिरियो

संयुक्त रूपमा दिएको राजीनामा पत्रमा देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्षकमा मुख्यमन्त्री शर्माको सहजताका लागि एमाले सरकारबाट बाहिरिएको उल्लेख छ।

२०४६ सालको त्यो ‘आइकोनिक’ तस्वीर, अन्तरिक्षमा पुग्ने खबरले दंग मीन

जनआन्दोलनको विजयसभामा खिचिएको एउटा तस्वीर त्यसबेलाका पत्रिकामा छापिएन। तर जब जर्मन फोटो पत्रकार थोमस बंकले आफ्नो किताबको कभर बनाए, त्यसको महत्त्व बढ्यो। मीनरत्नलाई त्यही तस्वीरले अहिलेसम्म चिनाइरह्यो।

रास्वपा सांसदले मन्त्री बन्न ‘सभापतिलाई बुझाउने’ भन्दै २ करोड मागेको अडियो सार्वजनिक

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापतिलाई पैसा बुझाउनुपर्ने उल्लेख गर्दै दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको छ। रास्वपाले यसबारे छानबिन शुरू गरिएको जनाएको छ।

चिरीबाबु महर्जन भन्छन्–  अपार्टमेन्टकाे नक्सापास छैन, व्यवस्थापन शतप्रतिशत दोषी छ

मेयर महर्जनले ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्ट वरपरको जमिन भासिएर घरहरू भत्किनुमा निर्माण कम्पनी दोषी रहेको बताएका छन्।

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्।

लेखराज भट्ट भेट्न कैलालीस्थित निवासमै पुगे प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल कैलाली पुगेका छन्। सो क्रममा गोदावरी नगरपालिकास्थित भट्टको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।

पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विष्ट ८४१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए। 

संक्रमणकालीन न्याय निरूपण गर्न मध्यमार्गी विकल्प अपनाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विषय छिटोभन्दा छिटो टुंग्याउन मध्यमार्गी विकल्प अपनाइने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नलगी टुंगिँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओली संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा संसदीय समितिमा लैजानुपर्ने बताएका छन्।

किस्ता–किस्ताका सवाल जवाफमा अल्झने फुर्सद छैन : स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्लेले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने बताएका छन्।

एमालेमा गुटबन्दी छैन, सब एकजुट छन् : ओली

अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताएका छन्।

मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमालेमा फर्किने

न्यौपानेले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाएका छन्।

दूरसञ्चारसम्बन्धी कानून नै बनाउनु हुँदैन झैँ टिप्पणी गरियो : मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे मन्त्रालयले छलफल नै नगरेका विषयहरू मिडियामा आइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्।

व्यक्तिगत चाहना त्यागेर देशका लागि काम गरौँ : सभामुख घिमिरे

वर्तमान प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको सभामुख घिमिरेको भनाइ छ।

सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा

बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै बिहीबारको संसद्‌ बैठकमा सांसदले मेयर शाहमाथि प्रश्न उठाएका थिए।

सरकारका प्रवक्ताको प्रष्टीकरण– ‘कसैसँगको मिलेमतोमा दूरसञ्चार विधेयक ल्याउँदैनौँ’

मन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थासँग मिलेमतो गरेर आफू र सञ्चार मन्त्रालयले कुनै पनि काम नगर्ने बताएकी छन्।

स्वर्णिमलक्षित शेखरको टिप्पणी– अवसरवादीहरूबाट जोगिनुहोस्

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

मावलीको थर राखेर जन्मदर्ता पाउने परिपत्र सच्याउन सांसद भट्टराईको माग

सांसद विद्या भट्टराईले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

सरकार मूकदर्शक बन्ने हो भने संसद्‌को काम छैन : राजेन्द्र पाण्डे 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।