दलैपिच्छेका संघ र संगठनले कर्मचारीलाई कामको जिम्मेवारी नलिनुपर्ने अवस्थामा पुर्याएका छन्। कर्मचारी संघ, संगठनको काम दलहरूको स्वार्थ पूरा गर्ने झोले कार्यकर्ता उत्पादन गर्नु मात्र भएको छ।
सरकारमा जाँदा होस् या पार्टी चलाउँदा, मुलुक केबल एक व्यक्तिको प्रभाव क्षेत्र हुन लाग्यो। लोकतन्त्रको मर्म त्यो हुँदै होइन। मुलुक या संस्था व्यक्तिको प्रभाव क्षेत्र हुन सक्दैन।
जुन मूल्य प्रणालीले हिजो नेकपाको एकता भङ्ग भयो, ती मूल्य प्रणालीलाई करेक्सन गर्नुपर्छ। वाम आन्दोलनलाई एकताबद्ध गरियो भने स्वयम् वाम आन्दोलन र मुलुकको निम्ति हितकारी हुन्छ।
यो राज्यका सबैजसो निकायमा खस–आर्यको बढी प्रतिनिधित्व किन भइराखेको छ? के त्यस्तो गुदी कारण छ, उहाँहरूको मात्रै प्रतिनिधित्व हुनलाई?
कम्युनिस्टहरूको हकमा, चाहे ओलीको होस् या माधव नेपालको अथवा प्रचण्डको नै किन नहोस्, त्यहाँ संसदीय दलको नेता छान्ने कुनै प्रक्रिया र अभ्यास नै भएन।
दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।
अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एक पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन।
हेर्दा जति नै उदार र लचिलो लागे पनि हाम्रो संविधान अति नै कठोर बनाइएको छ। र, संविधान र जनमतबाटै 'हङ पार्लियामेन्ट'को अवस्था सिर्जित भएको हो।
हर्कले विभेदजन्य कसुर मात्रै गरेका छैनन्, बारम्बार आफ्नो हर्कतलाई कसुर होइन भन्ने आशय व्यक्त गरेका छन्। जनप्रतिनिधि भएर स्वयं मौजुदा कानुन र जनभावनाको खिल्ली उडाएका छन्।
कतिपय युवा र दीक्षित मतदाताले “अर्को निर्वाचनमा स्पष्ट विचार लिएर आउनु, अनि हेरौँला” भन्नु भएको थियो। र, गत चुनावमा आफ्ना एकएक मतदाता भेट्ने रणनीति लिएर म चुनावमा होमिएँ।
मलाई समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर।
विश्व राजनीति नियाल्ने हो भने प्रगतिशील मुद्दालाई जोडदारसँग बोक्ने काम राजनीतिक दलले मात्रै गरेका छैनन्।
आजको नेपाली कांग्रेसले असल सुझावहरूलाई मान्छ भन्नेमा ढुक्क नभए पनि कांग्रेसले वास्तविक वेस्टमिन्स्टर अभ्यासलाई पछ्यायोस्, जहाँ पार्टी संगठनको नेता र संसदीय दलकाे नेता फरक व्यक्ति होस्।
स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले शहर भौतिक संरचनाहरूको थुप्रो मात्र होइन, त्यहाँ बस्ने अनेक मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक योग हो भन्ने बुझ्नुपर्छ।
संसारका अनेक दर्शन, धर्म, खेल, साहित्यलगायत तमाम अन्य कुरा पुरुषलाई नै केन्द्रमा, त्यही नजर वा लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप भएको छ।
इरानमा जस्तै शक्तिशाली ‘ऊहापोह’ यहाँ पनि आउन सक्छ। युगाैंदेखि थिचिएका र दबिएका मान्छेहरू हिंस्रक बनेर उत्रिए भने त्यसको प्रभाव सिङ्गो समाजले भोग्नुपर्नेछ।
६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?
पुँजीवादी देशहरू पनि वामपन्थबाट मुक्त छैनन्। जतिखेर पुँजीवाद संकटमा पर्छ, त्यतिखेर आफूलाई जोगाउनका लागि पुँजीवादले वामपन्थको अभ्यास गर्छ।
नेपाली समाजमा अनुशासनहीन व्यवहारले जरा गाडिसकेको छ। तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बाछिटाले पनि अहिलेसम्म पिरोलिइरहेको छ। यसको प्रमुख जिम्मेवार राजनीतिक दलहरू नै हुन्।
कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।