भारतमा नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुइटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेशसचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्।
बृहस्पतिका सञ्चालकहरू बाल संगठनबाट लिएको जग्गा आफ्ना लागि अपुग भएको भन्दै ललितकला प्रज्ञाप्रतिष्ठानको एकल स्वामित्वमा रहेको जग्गा भाडामा दिनुहोस् भन्दै आएका थिए। तर, हामीले दिएनौँ।
नयाँ हुन् या पुराना, कुनै पनि अनुहार बिना स्वार्थ राजनितीमा आएका छन् भनेर जनतालाई नै विश्वास छैन।
बाबु र आमामध्ये एक नेपालको नागरिक भए त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ।
वर्गसंर्घष र उत्पीडनका सबै पर्खाल भत्काएर दलित समुदायको मुक्ति गर्छौं भन्नेहरू नै अहिले आएर राणाशाही र राजशाही शासकभन्दा विभेदकारी रूपमा प्रकट हुनु राम्रो संकेत होइन।
सबै परिवारलाई खाद्यान्न उपलब्ध गराउने र तत्काल खाद्य सुरक्षाबारे राष्ट्रिय स्तरमा बहस चलाउनुपर्ने आवश्यकता छ।
पिटर, निक, ज्याक्लिन र ब्रान्डनले मलाई अँगालो हाल्न आइपुग्छन्। बेहद खुसी गन्तव्य चुम्दाको। स्वयम्लाई उच्च भूगोलमा पाउँदाको खुसी। यसैका निम्ति त आएका हुन् उनीहरू, सात समुद्रपारिबाट।
जनकमानले ‘कुचिकारहरूलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।
प्रधानमन्त्री दाहाललाई पक्कै थाहा छ सरकारी सेवा सुधार्न उनले दिएका कुनै निर्देशनले पनि काम गर्ने छैन। यी त नागरिकलाई सुनाउन देखावटी रूपमा मात्र गरिएका हुन्।
यदि सम्पूर्ण रूपमा समानुपातिक प्रणाली हुन्थ्यो भने त्यसले राज्यको प्रवृत्ति र दिशा बदल्थ्यो। जनयुद्ध या मधेश आन्दोलनको अन्तर्य त्यही नै थियो।
भ्रष्टाचारमा संलग्नहरू खुलेआम घुमिरहेका मात्र छैनन्, राज्य संयन्त्रको दोहन गरी पुनः निर्वाचन जिती सरकारी पदमा पुगेका छन्। पार्टीमा समेत तिनैको हालीमुहाली छ।
निर्माण व्यवसायमा संलग्नलाई नै किन शहरी विकास मन्त्रालय दिने जरुरत पर्यो? रेमिटेन्स र वैदेशिक रोजगारमै संलग्न भन्दै अर्का मन्त्रीबारे पनि प्रश्न उठेको छ। त्यसबारे सत्ताधारीहरूले किन सोचेनन्?
विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका अर्थ र मूल्य बुझ्न सक्ने तथा विद्यार्थीमाझ प्रिय विद्यार्थी नेतालाई स्ववियूको टिकट दिइनुपर्छ।
प्रधानमन्त्रीले ३० बुँदामा पेस गरेका समस्याको सम्बोधन कर्मचारीतन्त्रले गर्नुपर्छ। हिजोका दिनमा राजनीतिक नेतृत्व बस्नेबाट बोल्ने काम धेरै भयो, अब भने काम गरेरै देखाउनुपर्यो।
पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।
संघीयतावाला संविधान लागू भएको ७ वर्षसम्म त राम्रोसँग संक्रमणकाल व्यवस्थापन गर्न नसकेका हामीले प्रदेश संरचना पूर्णतया हटाउने वा स्वरूपमा अत्यधिक परिवर्तन गर्न खोज्दा अर्को संक्रमणकालको जोखिममा छिर्छौं।
सिन्धुलीबाट पहिलोपल्ट जनकपुर आउँदा समथल मधेश देख्दा 'पहाड नभएको पनि ठाउँ हुँदो रहेछ' भन्दै अचम्भित भएको मलाई पारि किनारा नदेखिने जलाशय पनि हुँदो रहेछ भन्ने कुराले बेग्लै रोमाञ्चकता दियो।
काठमाडौँ महानगरले दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। शुरूमा दुवैलाई काम भ्याउन मुस्किल थियो। अहिले एउटा बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन।
‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्।
आलेखको शीर्षक हेरेरै तपाईं मलाई ‘तिमी चाहिँ किन बन्न नसकेको त पी साइनाथ?’ भन्न सक्नुहुन्छ। यो प्रश्न सोध्ने तपाईंको हकको म सम्मान गर्छु। तर दुर्भाग्य, यो प्रश्न आयो भने त्यसको जवाफ मसँग हुने छैन।