AnonymousUser

Logout

मैले पाएको महेन्द्ररत्न छात्रवृत्ति महेन्द्र र रत्नको निजी सम्पत्ति थिएन : खगेन्द्र सङ्ग्रौला

लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनमा आधारित पुस्तक ‘एक बागी’लाई केन्द्रमा राखेर उनको जीवन किस्सा, अनुभव एवं विचारसँगको साक्षात्कारः

अनुशासनहीन नेतृत्वलाई बिदा गर्ने उपयुक्त बेला

समाजलाई अनुशासित र जिम्मेवार बनाउन समाज बुझ्ने र इमानदार राजनीतिक नेतृत्व हुनु आवश्यक छ। तर, प्रजातन्त्रपछिका कुनै पनि सरकार त्यसमा खरो उत्रन सकेनन् या चाहेनन्।

के महिला कचकचे नै हुन्?

पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्।

भ्रष्टाचारमुक्त पार्टी सम्भव छ

सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। यो नै आजको क्रान्तिको अवरोध हो। नकमाएको सम्पत्ति खाने यो प्रक्रियालाई ध्वस्त पार्ने पार्टीमात्रै आजको क्रान्तिकारी पार्टी हो।

अर्थतन्त्रको रूपान्तरण गर्ने घोषणापत्र कस्तो हुनुपर्छ?

अब बन्ने सरकारले परम्परागत झिनामसिना विकासे अवधारणामा नअलमलिकन अर्थतन्त्रकै संरचना रूपान्तर गर्ने सोच र लक्ष्यका साथ अगाडि बढ्नुपर्छ।

किन उठ्यो लोकतन्त्र र विकास सँगै जान सक्छ कि सक्दैन भन्ने बहस?

खुला, प्रतिस्पर्धात्मक र प्रतिनिधिमूलक लोकतन्त्र नै मानव जातिका लागि विकासको मार्ग हो। यही मान्यताद्वारा नै समाज र व्यक्तिको दिगो एवं समग्र विकास हुन्छ।

स्वतन्त्र उम्मेदवारहरूको दक्षिणपन्थी रुझान

स्वतन्त्र भनिने धेरैजसोको वैचारिक धरातल कमजोर छ। एउटा कुरा सत्य हो, उनीहरूमा आक्रोश र हतारो पक्कै छ। यद्यपि, सबै स्वतन्त्र उम्मेदवारहरू त्यस्तै छन् भन्ने ठहर होइन।

स्वतन्त्रताले जहिल्यै मानव हित गरेको छ

‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्। 

पुष्पकमल हार्नुमा नेपालको जित!

कारणसहित कुनै नेता फेरि निर्वाचित हुनुहुँदैन भन्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो र मुलुक ध्वस्त पार्दै हिँडेकालाई त्यसै भन्ने हो।

सिस्नुपानीको 'देउसीभैलो'का लागि बन्ने हो सरकार?

वर्षभरि जनताको कर र पसिनामा मनमौजी भएर सिस्नुपानीलाई पाथीचुली खुराक पुर्‍याइदिने, तिहार आएपछि आफ्नै शर्मनाक काम, गति र मतिको तमासा मुसुमुसु हाँस्दै हेरेर मनोरन्जन लिएर लोक हँसाउने!

भीमशमशेरले दिलकुमारी तामाङलाई यसरी बनाए ‘सीता बडामहारानी’

दिलकुमारी ब्लोन तामाङलाई भीमशमशेरले आफ्नी विवाहिता श्रीमतीको निधनपछि दाम राखेर ढोग्न लगाएर बडामहारानी बनाए। त्यसपछि उनको नाम पनि फेरियो। दरबारमा उनलाई 'सीता बडामहारानी' भनेर सम्बोधन गर्न थालियो। 

‘विकास’ले मासिँदै सभ्यता, छठमा जलाशयकै चिन्ता

छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खसालिन्छन्।

यो चुनावमा पुरानो नेतृत्वलाई झड्का दिनैपर्छ

गणतन्त्र प्राप्तिपश्चात् राज्यमा मलगायत केही संरचनात्मक लाभांश पाएका मान्छेहरू त नागरिकमा बढुवा हुन सके, तर आम मान्छेहरूले अझै पनि आफूलाई रैती महसुस गरिरहेका छन्।

पुरुष सत्ताले दिएको शिक्षा- केटीहरूको काम नै केटा फसाउने!

जैविक रूपमा महिला भए पनि पुरुष सत्ताले दिएको शिक्षा, चिन्तन, संस्कृति र दर्शनले महिलालाई पनि पुरुषजस्तै बनाउने चेष्टा गरेको छ। स्वयं महिलामा समेत ‘आइमाईको बुद्धि हुन्न’ भन्ने तथ्य लाद्न सफल छ।

जित्ने क्षेत्रमा पुरुष, समानुपातिकमा व्यापारी र आफन्त

सोच र चिन्तन नबदलिएसम्म, पूर्ण समानुपातिक प्रणाली हुँदा पनि विनोद चौधरीहरूजस्ता पैसावाला व्यापारीहरूलाई पार्टीले फ्याट्टै एक नम्बरमा ल्याइदिने खतरा छ।

किन औँशी वा पूर्णिमामै लाग्छ ग्रहण?

मंगलवार अपराह्न ४ः५३ बजेबाट ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपालमा झण्डै ३३ मिनेट रहने ग्रहण सूर्यास्तसँगै सकिने छ भने नेपालबाहिरबाट करिब ६ः४५ बजेसम्म ग्रहण देख्न सकिने छ।

कुनै समय वर्षमा चारपटक हुन्थ्यो ‘भाइ पूजा’

‘स्वन्ती’लाई ‘स्वाँती’ पनि भनिन्छ। नेपाल भाषाका यी शब्द ‘स्वाँ’को अर्थात् ‘फूल’ र ‘ती’ को अर्थ ‘रस वा पानी’ हो। तिहार आफैँ पनि अनेकौँ फूलहरूले युक्त पर्व हो।

जुगललाई प्रदीप गिरिको प्रतिउत्तर : हाम्रो रौँ-रौँमा हिंसा छ

इतिहास राजनीतिको एक मात्र प्रयोगशाला हो। मार्क्स, लेनिन र वीपीको सफलता तथा असफलतालाई कोट्याउँदै हामी अघि बढ्नुपर्छ। उनीहरूका संघर्षका अनुभवका कतिपय शिक्षा छन्।

हाम्रो यात्राको थालनी

मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित उकालो अभियानले सञ्चालन गरेको उकालो डटकम नेपाली सञ्चारमाध्यममाझ एउटा नौलो प्रयोग हो।

पैसाले चुनाव जित्ने प्रवृत्ति अन्त्य गर्न आचारसंहिता

सादगी र मितव्ययी उम्मेदवारले समेत निर्वाचन प्रतिस्पर्धामा भाग लिन सकून भनेर निर्वाचन आचारसंहिताको सीमा निर्धारण गरिएको हो।