AnonymousUser

Logout

सल्बलाउँदै छ अतिवाद, समाजलाई जोगाउने कसरी

मुलुकको पछिल्लो राजनीतिक परिवर्तनसँग असहमत केही समूह नेपालमा पनि धार्मिक र जातीय विभाजनको बीजारोपण गर्न सक्रिय छन्। धर्मको आडमा राजनीतिक उद्देश्य प्राप्ति गर्ने उनीहरूको धृष्टता छ।

‘विज्ञानलाई गाली गर्न विज्ञानकै प्रयोग हुने गरेको छ'

कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ। 

इजरायल र प्यालेस्टाइनको पुरानो घाउ किन कचल्टिइरहेछ?

शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टिनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।

इजरायल र प्यालेस्टाइनको पुरानो घाउ किन कचल्टिइरहेछ?

शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टाइनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।

चर्का नारा र छिमेकद्वेष नहोस् राष्ट्रप्रेम

राष्ट्रप्रेम र राष्ट्रवादको आदर्श भोको पेटले थेग्न सक्दैन। आर्थिक दुरावस्थाको चपेटामा परेका जनताले सधैँ देशको सार्वभौमिकता र भौगोलिक रक्षाको निमित्त रगत बगाइरहन्छन् भन्ने हुँदैन।

वैदेशिक रोजगारी: मुलुक धानिरहँदाका उत्पीडन

पहिले सूचनाको अभावमा खाडीमा नेपालीहरू ठगिएका र शोषणमा परेका भेटिन्थे। तर अहिले उच्च शिक्षा लिएर युरोप गएका र सूचनामा पहुँच राख्न सक्नेहरू नै मानव तस्करीको उच्च जाेखिममा परिरहेका छन्।

वैदेशिक रोजगारी : मुलुक धानिरहँदाका उत्पीडन

न्यूनतम तलब लागू गराउन नेपालको एकल प्रयासबाट मात्रै सम्भव छैन। खाडीमा कतारबाहेक अन्य देशले न्यूनतम तलब निर्धारण गरेका छैनन्।

भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण

सार्वजनिक पदमा आफ्नै पार्टीको व्यक्ति हुनुपर्ने एक खालको मापदण्ड हुन्थ्यो पहिले। अहिले विरोधी पार्टीकै कार्यकर्ता भए पनि दाम चढाउनेले नियुक्ति पाएको देखिन्छ।

राणाकालका मिलिसिया र 'राइटर बाजे'

काठमाडौँ-पोखरासमेत सडकले नजोडिएका बेला त्रिशूली बजारसम्म मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र सडक सञ्जाल जोडिएको थियो। 

कृषिक्षेत्र रूपान्तरण गर्न महिला र युवालक्षित कार्यक्रम

पालिकाहरूले कृषि समूह निर्माण गरेर, त्यहाँको माटोमा सबैभन्दा सुहाउँदो बाली लगाउन निर्देश गर्ने, बजारका लागि सहजीकरण गर्नुपर्छ। महिला र युवाहरूलाई केन्द्रमा राखेर कृषि कार्यक्रम सञ्चालन गर्नुपर्छ। 

‘दाता’ बन्न छोडेर आफ्नै महानगरभित्रको गरिबी हेर्ने कि बालेनजी!

चर्चाका लागि ‘दाता स्थानीय तह’जस्तो देखाउन छोडेर आफैँले उठिबास लगाएका, सडकछेउमा सानोतिनो व्यवसाय गरेर गुजारा गर्ने समुदाय, सार्वजनिक यातायातका श्रमिक आदिका लागि केही गर्ने कि?

सामाजिक सद्‍भाव र सहअस्तित्वका लागि खुलापत्र

कोही आएर तपाईंलाई विभाजनका निम्ति उक्साइरहेको छ भने प्रश्न गर्नुहोस्, उसलाई र आफैँलाई पनि। राष्ट्रलाई 'विभाजित हामी' होइन 'एकीकृत हामी'को खाँचो छ। आउनुस्, विभाजनलाई परास्त गरौँ।

धार्मिक द्वन्द्वको निहित उद्देश्य

बहुमत जनता बाँच्नकै लागि श्रम गरिरहेका छन्, उनीहरू चेतनशील छन् र तिनलाई  हिन्दू, क्रिश्चियन वा इस्लाम राज्य चाहिएको छैन। मानव-मानवबीच सौर्हाद, मानवीयता, सामाजिक न्याय र समानता चाहिएको छ। 

बलात्कारीका पक्षमा किन निसंकोच बोल्छ समाज?  

नेपाली समाजले सामाजिक सञ्जालको अधिकतम दुरुपयोग गरिरहेको छ। मुखले गाली गरेर अथवा लेखेर गरिने हिजोका गाली अहिले सामाजिक सञ्जालमा सहजै व्यक्त हुन थालेका छन्। हतियारका रूपमा सञ्जालको प्रयोग गरिएको छ।

शवले धेरै दिन आफन्त पर्खन नपरोस्

वैदेशिक रोजगारीले देशमा पैसा त भित्र्याउँछ, तर प्रियजन गम्भीर बिमारी हुँदासमेत छोराछोरी र आफन्त भेट्न आउन पाउँदैनन्, भ्याउँदैनन्।

संविधान चलायमान नहुँदा निराशा जन्माइरहेको संघीयता 

प्रदेशहरूलाई हेरेर ‘संघीयता समस्या बन्यो’ भन्ने जस्तो भाष्य बनिरहेछ, संविधानलाई चलायमान बनाउन राजनीतिक नेतृत्व इमान्दार बनेको र प्रदेशलाई हेर्ने संघको नजर फेरिएको भए परिस्थिति भिन्नै हुन्थ्यो।

इतिहास र सभ्यता बोकेर उभिन्छन् रूख

प्रत्येक रूख प्राकृतिक स्रोत र जैविक विविधताको सानो अंशका मात्र नभई आफैँ ‘एक सिंगो जैविक विविधताको संसार’ हो। त्यसैले रूख चिनौँ। संरक्षणसँगै उपयोग पनि गरौँ।

जब विज्ञहरू नै अफवाह फैलाउँछन्

गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र  अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो।

उच्च आर्थिक वृद्धिमा हाम्रा तगारा  

समाजका प्रत्येक क्षेत्रमा बिस्तार हुँदै गएको 'सानालाई ऐन ठूलालाई चैन' अर्थतन्त्रमा हाबी भएको छ। प्रमुख खेलाडी कानूनभन्दा माथि छन्। तिनले गरेको गैरकानूनी कार्यलाई समेत जायज ठान्ने संस्कार हाबी हुँदैछ।

विषादी: औषधि होइन, विषै हो

मानिसलाई विष लाग्ने खतरा कति समय र मात्रा विषादीको सिधा सम्पर्कमा रहन्छ, भन्ने कुरामा पनि भर पर्छ। जो विषादीको निरन्तर सम्पर्कमा रहन्छन्, तिनमा विषादीको जोखिम ज्यादा हुन्छ।